Trending
flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई समाज कानुन व्यवसायीको तयारी : प्रधानन्यायाधीशको राजीनामा नआए आन्दोलन समाज फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने खेल विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने flash सिकेका कुरालाई व्यवहारमा लागु गरे मात्र समाज रुपान्तरणमा टेवा पुग्छः मेयर अधिकारी समाज जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण समाज बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा flash शिवपुरमा नेकपा एसको वडा कमिटि गठन अन्तर्राष्ट्रिय आर्यनपछि एनसिबीको निसानामा अनन्या flash विजयनगरले वर्षाले प्रभावित कृषकलाई क्षतिपूर्ति दिने

मल अभाव भएपछि किसानहरुको ज्ञापन पत्र

माधव बेल्बासे
चन्द्रौटा,
मलको अभाव भएपछि कपिलवस्तुका किसानहरुले मल पाउनुपर्ने माग गर्दै प्रशासन कार्यलय पुगेका छन् । समयमै मल नपाउँदा किसानले रोपेको धान खेतमै मर्न थालेको भन्दै आवश्कता अनुसार मल किसानहरुलाई सरकारले पु¥याइदिनुपर्ने उनीहरुको माग रहेको छ । आईतवार जिल्लाका किसानहरुले ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । कोरोनाका कारण किसानहरु मर्कामा परिरहेको बेला मल नहुँदा अहिले अवस्था जटिल बनेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । बैदेशिक रोजगारीमा गएका युवाहरु फर्किदै गर्दा उनीहरुलाई स्थापित गर्नुपर्ने बेलामा सामान्य मल नहुनु दुखत कुरा भएको उहाँले बतानुभयो ।
अहिले सहकारी मार्फत मल वितरण भएको जानकारी गराउदै कतिपय वडामा सहकारी नहुँदा ति वडाका किसानहरुले मल नपाउने अवस्था भइरहेको बताउनुभयो । कतिपय वडामा ५ वटा सहकारी छन्,कतिपयमा एउटा मात्र सहकारी छ,सबै सहकारीलाई समान रुपमा मल बितरण गर्दा एउटा मात्र सहकारी भएको वडाका किसानहरुलाई मल पुगेको छैन चौधरीले भन्नुभयो आवश्यकता तथा किसानको सख्याको आधारमा मल बितरण गरिनुपर्छ ।
धेरै जग्गामा धान रोपेका किसानहरुलाई अहिले मल अभाव भएको कृषक तौलेश्वर चौधरीले बताउनुभयो । किसानको पक्षमा सरकार नरहेको बताउँदै वर्षभरी खानपुग्ने खेतीकै अवस्था जटिल बन्ने अवस्था सिर्जना भएको चौधरीले बताउनुभयो । किसानहरुले बुझाएको ज्ञापन पत्रमा पेट्रोल पम्पहरुले निश्चित रकम लिने भएपनि प्रतिलिटरमा २ सय ग्राम कम हुने गरेकोले अनुगमन गर्न आग्रह गरेका छन् । ज्ञापन पत्र मार्फत किसानहरुले माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP