१३ औं सागका स्वर्ण पदक विजेतालाई कांग्रेसले नगदसहित सम्मान गर्ने

काठमाडौं । नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गर्ने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रिय खेलकुद विभागको हिजो बसेको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । कांग्रेसले मोहनबहादुर बस्नेतको नेतृत्वमा केन्द्रिय खेलकुद विभाग गठन गरेको थियो । विभागले पूर्णता पाएसंगै पहिलो बैठकले पाटीगत रुपमा खेलकुद गतिविधि अघि बढाउने निर्णय गरेको हो ।

बैठकले जापानमा हुने तय भएको टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडी तथा अफिसियलको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

यस्तै, लुकेर रहेका प्रतिभालाई उजागर गर्ने उद्धेश्यले पाटी सभापतिको नाममा सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता बार्षिक रुपमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP