Trending
flash नेपालको तराई लगायत विश्वभरि मनाउने गरिन्छ करवा चौथ flash प्रदेश सरकारबाट विनियोजित सञ्चार बजेटको भ्रमपूर्ण समाचार प्रति बुद्ध दर्पणको ध्यानाकर्षण खेल टी-२० विश्वकप : बंगलादेशविरुद्ध श्रीलंकाको ५ विकेटको जित समाज दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते राजनीति प्रदेश १ प्रदेशसभा बैठक : कात्तिक १५ सम्म स्थगित, कांग्रेसमै भाँडभैलो flash विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो समाज पाँच वर्षमा १ लाखभन्दा बढी सवारी दुर्घटना, १० हजारभन्दा बढीको मृत्यु समाज सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने राजनीति चार वर्षअघि हारेका थिए, फेरि मत गन्दा २ भोटले वडाध्यक्ष जिते flash टोल विकास संस्था व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम सुरु

लकडाउन हटेको र संक्रमण घटेको ठानेर हेलचेक्य्राइँ नगर्न आह्वान

काठमाडौं ।  सरकारले लकडाउन हटेको घोषणा गरेसँगै आम नागरिकले हेलचेक्य्राइँ गरेकोभन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

लकडाउनले बन्द गर्नु नपर्ने क्षेत्रलाई पनि असर गरेकाले सरकारले लकडाउन हटाएको र आम नागरिकले अप्नाउनु पर्ने सतर्कतामा कमी हुन नहुने उनीहरुको भनाई छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाभाइरस सर्ने खतरा अन्त्य भइनसकेकोले सतर्कता अप्नाउन पनि छोड्न नहुने बताउनुभयो ।

उहाँले सरकारले लकडाउन हटाएपनि संक्रमण फैलिन नदिन आफ्नो तर्फबाट गर्नु पर्ने कार्यहरु भने गरिरहने नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

यात्रा गर्दा, कार्यालयमा काम गर्दा, बाटोमा हिड्दा, भिडभाडमा जाँदा मास्क लगाउने, मानिससँग नछोइने, भौतिक दुरी कायम गर्ने, संभव भएसम्मका ठाउँमा नछुने, नाक मुखमा हात नलैजानेलगायतका सकर्तकता अप्नाउन चिकित्सकहरुको आग्रह छ ।

नेपालमा अहिलेसम्म करिब १८ हजार संक्रमित पत्ता लागेका छन् भने ४२ जनाले ज्यान गुमाइसकेका छन । गैरआवासीय संघ नेपालका अनुसार नेपालबाहिर रहेका १ सय ६० जनाको मृत्यु कोरोना भाइरसका कारण भएको छ ।

पछिल्लो समय संक्रमितहरूको संख्या उल्लेख्य रूपमा वृद्धि नभएको तथा निको हुनेको संख्या बढ्दै गएको र मृत्यु हुनेहरूको संख्या कम देखिएकोले धेरै जनाले यसलाई गम्भीर रूपमा लिन छाडेको जस्तो देखिँदै गएको छ ।

यी तथ्यांकलाई आधार मानेर हेलचेक्य्राइँ गर्न नहुने बरु अहिले पनि कोरोन भाइरसविरुद्धको लडाइँ पहिलेभन्दा अझ सशक्त पार्दै लैजानुपर्ने डा दिनेश न्यौपानेको भनाई छ ।

नेपालमा अहिले पनि ६ हजारभन्दा बढी सक्रिय संक्रमित छन । छोटो समयमै धेरै जनामा सर्ने रोग भएकाले तीनै संक्रमितहरुबाट एकाएक अरु हजारौमा यो रोग फैलिन सक्ने खतरा यथावत छ । त्यसैले संयमता र सतर्कताप्रति हेलचक्य्राइँ गर्न नहुनेमा धेरैले जोड दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP