Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

एसएसपी अधिकारीलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । यसअघि उनलाई प्रहरीले सात दिन हिरासतमा राखेर अनुन्धान गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठका अनसार जिल्ला अदालत कास्कीले अधिकारीमाथि अनुसन्धान गर्न सात दिन म्याद थप गरेको हो ।

चितवनकी करिब २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुममा ३१ असारमा फोनमार्फत जानकारी गराएकी थिइन् ।

घटनाको प्रकृति, घटनास्थलको अवलोकन र सामान्य अनुसन्धानपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP