Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक गाडी

काठमाण्डाै – कोरोना भाइरसबाट बच्न सार्वजनिक गाडीमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । लकडाउन खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक गाडीमा भिड बढ्दै छ । 

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक, परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गर्नुभयो । यात्रु चढेर ओर्लेपछि छोटो दुरीमा पनि न्यूनतम २५ रुपैयाँ भाडा लिइए पनि सिट क्षमताको आधा यात्रु नराखेको उहाँले बताउनुभयो ।  

सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरेर झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताउनुभयो । 

सार्वजनिक गाडी सिटभर यात्रु भरिएर उभिरहेका बेला पनि आधा घण्टासम्म कुरेर पर्खने क्रम दोहोरिन थालेको उहाँको गुनासो छ । केही दिन अघिसम्म काठ क्षेत्रका गाडीमा मात्र यात्रुको भिड देखिने गरेकामा अब भित्री सहरमा चल्ने सवारीमा पनि भिड बढ्न थालेको छ । भित्री सहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्रु देखिन थालेका छन् । 
 
अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता बामदेव गौतम जनशक्ति अभावका कारण सबैतिर आवश्यकताअनुसार अनुगमन गर्न नसकिएको स्वीकार्नुहुन्छ ।   

अहिले उपत्यकामा पोसाक एवं सादा पोसाकमा समेत गरी २९ टोली सार्वजनिक गाडीकाे अनुगमनकै लागि खटाइएको उहाँले सुनाउनुभयो । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ गाडीलाई कारबाही गरिएको थियो । शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी कमै भेटिएका थिए । 
 
यसैगरी सरकारले तोकेको पहिलेकाे भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार पाँच सय रुपैयाँभन्दा बढी जरिबाना गरिएको छ । महाशाखाले शनिबार आठ सय चार सार्वजनिक गाडीमा अनुगमन गरेको थियो ।

आइतबार सार्वजनिक सवारीमा बढी यात्रु चढेको भन्ने सूचना प्राप्त भएकाले मोटरसाइकलमा पनि अनुगमन टोली पठाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ ।

सार्वजनिक सवारीले ५० प्रतिशतभन्दा बढी भाडा लिन बसभित्र स्यानिटाइजरलगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने व्यवस्थाको पनि पालना भएको छैन । सार्वजनिक गाडीमा साबुन पानीले हात धुने व्यवस्था गर्न पानीको अभावका कारण कठिन छ । सार्वजनिक गाडीमा भिड बढेसँगै फेरि सङ्क्रमण बढ्न सक्ने खतरा देखिएको छ ।

सार्वजनिक गाडीमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिएभन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुृर हमालले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP