Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

साउनको दोस्रो सोमबार : भगवान शिवको पूजा गरिँदै , आज पनि पशुपतिनाथ नखुल्ने

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।

साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर(घरमै पूजाआजा गरिँदै छ ।

विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।
साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ ।

त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा(पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पनि पशुपतिनाथ नखुल्ने

साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि नखुल्ने भएको छ कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने कार्यालय अझैसम्म पनि बन्द छ ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP