Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

शिवराजमा समुदाय स्तरमा कोरोना

दिपक कुँवर
कपिलवस्तु शिवराज नगरपालिकामा समुदाय स्तरमा नै कोरोना पोजेटिभ देखिएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा परिक्षण गरिएका मध्ये शिवराज नगरपालिकाका ३४ जना कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ देखिएका मध्ये १५ जना राष्ट्रिय माविको क्वारेन्टाइनमा बसेका छन । ७ जना आफनै होम क्वारेन्टाइनमा बसेका र बाकी समुदाय स्तरका रहेको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भटट्राईले बताउनु भयो । समुदाय स्तरमा १ जना वडा सचिव र २ जना शिक्षक समेत रहेका छन । शिक्षक नेपाल आदर्श मावि शिवपुर र कर्मचारी वडा नं. १ सचिव रहेको उहाँले बताउनु भयो ।
होम क्वारेन्टाइनमा बसेका वडा नं. ९ शिवगढीका ४ जना, वडा नं. १ शिवपुरका १ जना र वडा नं. ३ का २ जना रहेका छन । समुदाय स्तरमा भने नगरको वडा नं. ५, वडा नं. १, वडा नं. ११ र वडा नं. ३ मा र २ जना कृष्णनगर नगरपालिका बहादुरगंजका रहेको शिवराज स्वास्थ्य शाखाले जनाएको छ । पोजेटिभ देखिएकाहरुको ट्रेसिङ्ग गरी सम्पर्कमा आएकाहरुको छिटै स्वाब संकलन गरिने स्वास्थ्य शाखा प्रमुख भट्टराइले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP