Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

प्रहरीमाथि दुर्व्यवहार गर्ने ९ चालक पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका १५ मा रहेको रातोमाटे चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने नौजना चालक तथा सह–चालकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बा.१५च ६२३ नम्बरको पिकअप गाडीका चालक ४२ वर्षीय कर्म थापा, बा.८च ४३४ नम्बरको पिकअप गाडीका चालक ३० वर्षीय उमाशंकर साह, सह–चालक १८ वर्षीय किशोर साह, ना.१ज ८६२३ नम्बरको सुमो चालक २३ वर्षीय महमद सदरे आलम, ना.४च ५९४१ नम्बरको पिकअप गाडीका चालक २१ वर्षीय नीतेशकुमार झा, प्रदेश ३–०१–००५ ख ९२४५ नम्बर बसका ३५ वर्षीय उमेश कुश्वार छन् ।

यस्तै ना.५ख ३५१५ नम्बरको ट्रकका चालक ४० वर्षीय बिर्खबहादुर यसमाली, ना.४च २३४० नम्बरको पिकअप गाडीका चालक २७ वर्षीय प्रमोद मुखिया र ग.१ख ९७१७ नम्बरको बसका चालक ३९ वर्षीय विनोद नेपाली छन् ।

उनीहरुले अत्यावश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको टाटा पिक अप गाडीमा त्रिपालले छोपेर गाडीभित्र पास नभएका मानिस राखी ल्याउँदै गरेको चेकिङ टोलीले देखेपछि गाडी छाड्न भन्दै आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमध्ये थापाले पाँच सय, साहले तीन सय, सह–चालक किशोरले दुई सय, आलमले पाँच सय, झाले ५०, कुश्वारले ३ सय, यसमालीले एक सय रुपैयाँ दिन खोजेका र नेपालीले एक हजार रुपैयाँ दिन खोजेको प्रहरी दाबी छ ।

उनीहरुमाथि सार्वजनिक हित र नैतिकताविरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP