Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

‘कहिले जेरी खुवाएर, कहिले तीते करेला खुवाएर कुरा गर्नुपर्छ’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटमा रहेको आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तित्वसँंग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओली बालुवाटारमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंगको छलफलपछि अपराह्न बालकोटमा रहेको निजी निवासमा आउनुभएको हो ।

धर्मपत्नी राधिका शाक्यसहित बालकोट पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो नयाँ घरमा बन्दै गरेको सङ्ग्रहालयको अवलोकन गर्नुभयो । आफ्नो सम्पत्ति ट्रस्टलाई दिने घोषणा गरिसक्नु भएका प्रधानमन्त्री ओलीको जीवनकालका विभिन्न पक्ष समेटिएको विषय, तस्बिर, पुस्तक र  महत्त्वपूर्ण दस्तावेजलाई पत्नी  शाक्यले सङ्ग्रह गरी सङ्ग्रहालयका रुपमा गरेको व्यवस्थापनको उहाँले अवलोकन गर्नुभएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो । 

त्यसक्रममा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्रै आफू स्थायी बसोबासका लागि बालकोट फर्किने बताउनुभयो । नेकपाका नेता एवं पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको जिज्ञासामा प्रधानमन्त्री ओलीले अब अढाइ वर्षपछि मात्र घर फर्कन्छु भनेर जवाफ दिँदै बाँकी साढे दुई वर्ष आफैँले सरकारको नेतृत्व गर्ने सङ्केत दिनुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वमन्त्री बास्कोटा र  बस्नेतसँग राजनीतिक छलफलसमेत गर्नुभएको थियो । जनताको विश्वासलाई कायमै राख्न पनि पार्टीका अर्का अध्यक्ष दाहालसंँगको छलफल सहमतिमा टुङ्गिने प्रधानमन्त्रीले विश्वास लिएको नेकपाका केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । देश र जनताको हितका लागि जतिसक्दो छिटो सहमतिमा पुग्नु आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभएको उहाँले जानकारी दिनुभयो । 

‘जेरी खाएर छुट्टियौँ, जेरी मीठो थियो, कहिले जेरी खुवाएर, कहिले तीतेकरेला खुवाएर कुरा गर्नुपर्छ’, बालुवाटारमा सोमबार अध्यक्ष  दाहालसँग  छलफल गरी आफ्नो घर बालकोट आउनुभएका प्रधानमन्त्री ओलीलाई उद्धृत गरी सांसद बस्नेतले बताउनुभयो ।

बालकोट निवासमा प्रधानमन्त्रीले भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्णेल शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी दुवाकोट भक्तपुरका प्रमुख र राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमुखलगायतको टोलीसंँग भक्तपुरको शान्ति सुरक्षाबारेमा जिज्ञासा राख्नुभएको थियो । 

प्रधानमन्त्रीले हनुमन्ते करिडोर निर्माणबारे पनि चासो राख्नुभएको थियो ।  कोरोना भाइरस सङ्क्रमण रोक्न तथा शान्ति सुरक्षा मजबुत बनाउन भक्तपुरका सांसद र प्रशासनले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको उहाँले बताउनुभएको थियो ।

प्रधानमन्त्री भएपछि तेस्रो पटक बालकोटमा रहेको निजी निवास पुग्नुभएका उहाँ यसअघि माघ १६ मा वसन्त पञ्चमीको दिन पुग्नुभएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि भने उहाँ सोमबार पहिलो पटक निजी निवास बालकोट पुग्नुभएको हो । प्रधानमन्त्री दम्पती आफ्नो निवास र करेसाबारी निरीक्षणसमेत गरेर झण्डै एक घण्टा बसेर बालकोटबाट बालुवाटार फर्किनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP