Trending
राजनीति प्रधानमन्त्रीको निरीक्षण औपचारिकतामा सीमित‚ बाढीपहिरोपीडितले अझै पाएनन् राहत राजनीति एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र अन्तर्राष्ट्रिय सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात

लेवनानमा शक्तिशाली विस्फोट : कम्तीमा ७० जनाको मृत्यु, ४ हजार बढि घाईते

एजेन्सी । लेबनानको राजधानी बेरुतस्थित बन्दरगाह नजिक विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ। चार हजारभन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

अति प्रज्वलनशील पदार्थ भण्डारस्थलमा बुधबार बिहानै विस्फोट भएको हो। विस्फोटको आवाज २४० किलोमिटर परसम्म सुनिएको थियो। बेरुतको आकाश धुवाँले ढाकिएको छ।

त्यहाँ रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिले जताततै शव छरिएको समाचार दिइरहेका छन्। अस्पतालहरु घाइतेले भरिएका छन्।

राष्ट्रपति माइकल औनले ट्विट गर्दै यसलाई ‘अनपेक्षित’ उल्लेख गरेका छन्। लेबनानको सर्वोच्च सुरक्षा परिषद्ले अनुसन्धानमार्फत विस्फोटको वास्तविक दोषी पत्ता लगाउने जनाएको छ।

परिषद्ले यसको जिम्मेवारहरुलाई ‘बढीभन्दा बढी सजाय’ दिइने पनि जनाएको छ।उक्त ठाउँमा दुई हजार ७५० एमोनियम नाइट्रेट असुरक्षित ढंगले भण्डार गरिएको थियो। शक्तिशाली विस्फोटले बेरुतका कयौँ घर ध्वस्त भएका छन्। कयौँ चर्किएका छन्।

राष्ट्रपछि औनले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।  सरकारले सय बिलियन लिरा (लेबनानको मुद्रा) आपतकालीन कोषबाट खर्च गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP