Trending
अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता राजनीति एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमालेमै फर्किए flash विजयनगरमा प्रस्तावित विश्व विद्यालय स्थापना सम्बन्धि अन्तरक्रिया

विवादित जम्मू कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ राजनीतिक नक्सा जारी

पाकिस्तानले विवादित जम्मू–कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू कश्मीर, लद्दाख, जूनागढ समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको जानकारी दिनुभएको हो । मन्त्रीपरिषद्को यो निर्णय विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले पनि स्वागत गरेका उहाँले बताउनुभएकाे छ ।

नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्री खानले नयाँ नक्साले पाकिस्तानी नागरिकको उमंगको प्रतिनिधित्व गरेको दाबी गर्नुभएको छ । गएको वर्ष अगष्ट ५ मा भारतले कश्मीर समेटेर गैर कानुनी रुपमा नयाँ नक्सा जारी गरेको उहाँको आरोप छ ।

त्यो नक्सा आफूहरुलाई अमान्य भएकाले पनि नयाँ नक्सा जारी गरिएको पाकिस्तानी प्रधानमन्त्री खानको भनाइ छ । उहाँले अब पाकिस्तानको स्कुल, कलेज र सबै कार्यालयमा आधिकारिक रुपमा नयाँ नक्सा राख्ने निर्णय भएको पनि बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भारतले भने पाकिस्तानको नयाँ नक्सा खारेज गर्दै यसको कानुनी वैधता र अन्तराष्ट्रिय स्तरमा कुनै विश्वसनीयता नभएको दाबी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP