Trending
राजनीति एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र अन्तर्राष्ट्रिय सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’

इजरायल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

काठमाण्डौ – इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच शान्ति सम्झौता भएको छ । 

सम्झौता भएसँगै अब मध्यपूर्वी एसियामा शान्ति बढ्ने दुई देशका नेतृत्वले विश्वास गरेका छन् । यस्तै वेष्ट बैंकको ठूलो हिस्सा मिलाउने आफ्नो योजना स्थगित गरेको इजरायलले जनाएको छ । इजरायल र यूएईले यो सम्झौतालाई ऐतिहासिक र शान्तिको दिशामा एउटा सफलता भनेका छन्।

अहिलेसम्म इजरायलको खाडीका अरब देशसँग कुनै कूटनीतिक सम्बन्ध थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर दुई देशबीच शान्ति सम्झौता भएको जानकारी दिनुभएको हो । यो सम्झौता गराउन उहाँले मध्यस्थकर्ताको भूमिका खेल्नुभएको थियो ।

उहाँको ट्वीटमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले ऐतिहासिक दिन भएको उल्लेख गर्नुभएको छ ।
 

यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन्।

केही दिनपछि इजरायल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ ।

उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्ने तयारी गरेका छन् ।

सम्झौतापछिको संयुक्त वक्तव्यमा इजरायलले अरु अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP