सिन्धुपाल्चोक : लिदीकाे पहिराेमा हराइरहेकाहरुकाे खाेजीमा समस्या

काठमाण्डौ – पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । 

त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो । पहिरोमा परेर हराइरहेकाहरुको खोजी सुरु गरिएको छ । हिजो दिनभरि खोजी गर्दा ११ जनाको शव भेटिएको थियो ।

२८ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते ५ जनाको भने सदरमुकाम चौतारामा उपचार भइरहेको छ । हराइरहेकाहरुको खोजी सुरु गरिएको र शव भेटिएकाहरुको सामूहिक अन्त्येष्टि गर्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । 

पहिरोले ३७ वटा घरमा नोक्सानी पुर्याएको र त्यसमध्ये १३ वटा घर पूरै भत्किएका गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP