Trending
अपराध टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते राजनीति अहिलेको गठबन्धनले माघ काट्दैन : गगन थापा राजनीति राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ समाज एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल समाज कैलालीका सात नदीमा तटबन्ध शुरु समाज दुई मोटरसाइकल जुध्दा एकजनाको मृत्यु, तीन घाइते राजनीति गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने

अध्यक्ष थापाले गरे नौरंगिया घाट झोलुङ्गे पुलको उद्घाटन

राम प्रघट कोरी ,

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा झोलुङ्गे पुलको उद्घाटन भएको छ । गाउँपालिकाको वडा नं. १ र ५ मा पर्ने चिरई खोलामा पुलको निमार्ण गरिएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शनिवार एक कार्यक्रम बीच झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष थापाले स्थानीयले खोलामा बर्षौ देखि झेल्दै आएका बाटोको समस्या समाधान भएको बताउनु भएको छ ।

अब स्थानीयले सजिलै आवतजावत गर्न सकिने भन्दै खुुसी समेत व्यक्त गर्नुभयो । गाउँपालिकाभित्र अति विकट क्षेत्रमा पर्ने ठाउँमा पुल निमार्णमा सहयोग गर्ने संस्था लिडो नेपालले सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिनुभयो । उपभोक्ता समितिले अहम भूमिका निर्वाह गरी पुल निमार्ण कार्यमा सहयोग गरेकोले प्रशंसा समेत व्यक्त गर्नुभयो । यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले यस क्षेत्रवासीका लागि सुखद कुरा भएको बताउनुभयो ।

गाउँपालिका र लिडो नेपालको सहयोगले प्रशंसानीय कार्य गरेको बताउनुभयो । वर्षातको समयमा आकस्मिक बिरामी पर्दा औषधी उपचार गराउन, खाद्यान्न ओसार–पोसार गर्न, छोराछोरीलाई विद्यालय पठाउन एकदमै गाह्रो र अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो, अहिले यस खोलामा पुल निमार्ण भएको देखिँदा साह्रै खुसी लागेको उपभोक्ता समितिका सदस्य चाम कुमारी रानाले बताउनुभयो ।उक्त पुल ८४ लाख १० हजार ३ सय रुपियाँको लागतमा निमार्ण भएको झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष शिवनाथ यादवले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं. १ र ५ का १ हजार ८४ घरधुरीले प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP