Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

आज मोहम्मद डे, नेपालसहित विश्वभर मनाइँदै

कपिलवस्तु
नेपालसहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औं जन्म जयन्ती मनाइरहेका छन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत र्‍यालीको आयोजना गरेका छन् ।

कपिलवस्तुको बहादुरगन्ज,चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्जमा मुस्लिमहरुले र्‍याली निकालेर मोहम्मद डे धुमधामका साथ मानाउदै गरेकाे मौलना रमजान मन्सुरीले जनकारी दिए ।

र्‍यालीमा उपस्थित मुस्लिम अगुवाहरुले मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने माग समेत गरेका थिए ।

कपिलवस्तुका मुस्लिम अगुवाहरुले मुस्लिम आयोग गठन गर्नुपर्ने, मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने, हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसा अन्य सरकारी विद्यायालय सरह हुनुपर्ने लगायतका माग राखेका छन् ।

सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने मुसलमान संयुक्त संघर्ष समितिसँग सम्झौता गरेपनि कार्यान्वयन नभएकामा उनीहरुले दुःख व्यक्त समेत गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP