कपिलवस्तुमा ५ केजी चाँदीका गहना सहित ३ जना पक्राउ

कपिलवस्तु

चाँदीको पायल र माेवाईल

कृष्णनगर सशस्त्र प्रहरी विओपीे पोष्टले करिब ५ केजी चाँदीका सामाग्री सहित ३ जना पक्राउ गरेको छ । सोमवार साँझ ८ बजे भारतीय सीमा क्षेत्रबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख धुब्र कार्कीले बताएका छन् । तस्करहरूले ती सामाग्री झोलामा लुकाएर ल्याउँदै गरेको थिए । शङ्का लागी झोला खोली हेर्दा २३० चाँदीका पायल र ४ थान मोबाइल रहेको जानकारी गराएका छन ।

सामाग्री सँगै शिवराज नगरपालिका ५ बस्ने आकाश बर्मा, ओम बहादुर घर्ती र आनन्द वर्मा समेत पक्राउ परेका छन् । कृष्णनगर र भगवानपुरको बिच सिर्सेहवा बाट गस्ती टोलीले सो सामान पक्राउ गरेको हो । ति चादीका सामान ओसार पोसारका लागी प्रयोग गरिने कार समेत बरामद गरिएको प्रमुख कार्कीले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP