निरहु यादव, भदौ २९
नेपाल खानेपानी संस्थान बहादुरगन्जले वितरण गरेको खानेपानी खाने योग्य नरहेको उपभोक्ताले जनाएका छन ।
सरकारले स्वस्थ खानेपानी उपलब्ध गराउन ‘पानीको स्रोत मुहान देखि मुखसम्म स्वस्थ र स्वच्छ खानेपानी’ को नीति अवलम्बन गरेको छ। तर,बहादुरगन्ज,दयानगर र डबरावासीका लागि यो नीति लागू हुनसकेको छैन।
एक हप्ता देखि धारामा फोहोर धमिलो पानी आइरहेको उपभोक्ताले जानकारी गराएका छन । दूषित पानी खादा सम्भावित झाडापखाला र हैजा लगायतका रोग हुन सक्ने सम्भावना बढी भएकोले त्सय बाट बाच्न केही उपभोक्ताले हैन्डपाइपको पानी लिन अर्काको घरमा पुग्ने गरेका छन भने धेरैले त्यही दूषित पानी खाने गरेका छन ।
यस बिषयमा बुझ्न् खोज्दा सो वितरण केन्द्रका इन्चार्ज दिनानाथ रजकले केही दिन देखि दूषित पानी वितरण भएको स्वीकार गर्नुभयो । सडक बिस्तार हुने क्रममा ठाउँठाउँमा पाइपलाइन काटिए पछि नयाँ पाइप लाइन बिस्तार गरिएको र अझै नयाँ पाइप लाइन बिस्तार गर्ने क्रममै छ ूउहाले भन्नु भयोूनयाँ पाइप लगाइए पनि जहाँ नयाँ बिछ्याउन सकिए छैन त्यहाँ पुरानो पाइप लाइनमा जोडिएकोले त्यस्तो हुनपुगेको हो र त्यो एकदुई दिन मै सुधार गर्ने समेत रजकले बताएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया