कपिलवतस्तुमा बाढिले विद्युत प्रविधिकरणको जिप बगायो, १ को मृत्यु २ जनाको बेपत्ता

कपिलवस्तुमा बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मी रेशुंगा ९ उपल्लो तम्घासका सवारी चालक ३५ बर्षीय माधव पाण्डे रहेका छन् ।


बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्वरका जिपलाई बुधवार बाढीले बगाएको थियो । बिद्युत प्राधीकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल, र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण सवार थिए ।


घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP