Trending
राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’

पार्टीको निर्णय मान्न कार्यकर्ताहरुलाई सभापती आचार्यको निर्देशनसनिउल्ला धोबी कपिलवस्तु

कार्तिक १ ।

नेपाली काँग्रेस कपिलवस्तुका जिल्ला सभापती सुरेन्द्र राज आचार्यले पार्टीको निर्णय मान्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । नेपाली काग्रेसको सिद्धान्त नमान्ने ३ सय ६४ दिन नेपाली काग्रेस भोट दिने दिन अन्य पार्टीको कार्यकर्ताको हुनेको क्रियाशित नविकरण नगर्न सभापती आचार्थले अह्वान गर्नु भयो ।

कुनै पनि कार्य गर्नु पुर्व पाटीले निर्णय गरे पश्चात मात्र बोल्न नेता तथा कार्यकर्ताहरुलाई पुर्व सिचाई राज्य मन्त्री समेत रहेका आचार्यले निर्देशन दिनु भयो ।नेपाली काग्रेँस शिवराज नगर समितिले आयोजना गरेको नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । सभापती आचार्यले नेपाली काँग्रेसले क्रियाशिल नविकरणमा विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस उपा सभापती तथा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले पार्टीको मुल मर्म नमान्ने कार्यकर्तालाई दण्डित गर्नु पर्ने बताउनु भयो । कलामले पार्टीले निदृष्ट गरेको नियम सबैले पालन गर्नु पर्ने धारण राख्नु भयो ।त्यस्तै नेपाली काग्रेस जिल्ला सचिव प्रेम बहादुर रायमाझीले पार्टी सहि ढङगबाट अगाडी बढाउन सबै अनुशसित हुनु पर्ने बताउनु भयो ।

रायमाझीले पार्टीले सच्चा कार्यकताए पहिचान गरी पार्टीको गतिविधी अघी बढाउनु पर्नेमा जोड दिनु भयो ।कपिलवस्तुका युवा नेता अजय थापाले नेपाली काँग्रेसको सिद्धान्तलाई गाँउ गाँउ वडा स्तरमा पुर्याउनु बताउनु भयो । नेता थापाले काग्रेस पार्टीले सत्य तथ्य छनविन गरी मात्र क्रियाशिल वितरण गर्नु पर्ने बताउनु भयो ।

नेपाली काग्रेँस शिवराज नगर समितिले आयोजना गरेको नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रमा शिवराज नगरपालिका बरिष्ट नेता तथा कार्यकर्ता, सबै वडाका इकाई सभापतीहरुले वडाको गतिविधि जानकारी गराउनु भएको थियो ।नेपाली काँग्रेस शिवराज नगर सभापती मधु सुदन पोख्रेलले पार्टीको गतिविधी राम्रो तवरले अघी बढेको बताउनु भएको छ ।

सभापती पोख्रेलले सबैले अफ्नो वडाबाट नया सदस्यताको नमावली नगरमा पठाउनु पर्ने जानकारी दिनु भयो ।नेपाली काँग्रेस शिवराज नगर समितिले आयोजना गरेको नगर स्तरिय विस्तारित बैठक तथा दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा सञ्चालन नगर सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP