छन्द(कालेबाबु) नारायणी आँखा अस्पतालमा शुभकामना आदान प्रदान

कपिलबस्तु-
छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंज,कपिलबस्तुले सामाजिक दुरी कायम गर्दै नियमति कर्मचारी बैठक तथा बिजया दशमी,शुभ दिपालवली तथा छट पर्व, २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजका नेत्र विशेषज्ञ डा.रबिन्द्र सिंह ठकुरीको अध्यक्षतामा भएको सो कर्मचारी बैठक तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै डा.ठकुरीले कोभिड १९ को यस बिषम परिस्थिीमा पनि सुरक्षाका सबै सावधानीहरु अपनाएर यस अस्पतालले नियमित रुपमा सेवा प्रवाह गरिरहेकोे र कुनै पनि बिरामीहरुलाई नफर्काएको बताउनु भयो ।

उहाँले .नेपालका कतिपय स्वास्थ्य प्रदायक संस्थाहरुका प्रायःजसो कर्मचारीहरु कोरोना संक्रमित हुंदा स्वास्थ्य संस्था नै सिल तथा बन्द गर्नु परिरहेको प्रसंग उल्लेख गर्दै कोरोनासँगको लडाईमा अस्पालका प्राविधिक कर्मचारी,प्रशासनिक कर्मचारीका साथै अस्पताल व्यवस्थापन समितीका पदाधिकारीहरुको संयुक्त प्रयास र कार्यकुशलताका कारण अस्पतालले नियमति सेवा प्रवाह गर्न सक्षम रहेको बताउनु भयो । यसको लागि उहाँले अस्पताल व्यवस्थापन समितीका पदाधिकारीहरुलाई धन्यबाद समेत दिनु भयो ।

अस्पतालको नियमति कर्मचारी बैठकमा विभिन्न बिभागका डिपार्टमेन्ट इन्चार्जहरुले भदौ महिनाको मासिक प्रगति प्रतिविेदन समेत पेश गर्नु भएको थियो । जस अनुसार भदौ महिनामा मात्र अस्पतालले १ हजार ६ सय ३२ बत्तीस जना आँखाका बिरामीहरुलाई ओ.पि.डि सेवा प्रदान गरेकोमा ७९ जनाको मोतिबिन्दुको शल्यक्रिया गरेको ओ.पि.डि इन्चार्ज ओपेन्द्र चन्दले बताउनु भयो भने ल्याब टेक्निसियन देबराज शर्माले ४ सय ७७ जनालाई ल्याब सेवा प्रदान गरिएको बताउनु भएको थियो ।

त्यसैगरी भदौ महिनामा ९० जना कानका विरामीहरुले सेवा लिएको नेत्र सहायक सरताज हुसेनले बताउनु भयो । कृष्णनगर रिफरल सेन्टरले भदौ महिनामा १४२ जनालाई ओ.पि.डि सेवा प्रदान गरेको सेन्टरका इन्चार्ज रजनिश श्रीवास्तवले बताउनु भयो । सो अवसरमा भदौ र असोज महिनाको आम्दानी तथा खर्चको विवरण लेखा सहायक कमल चौधरीले प्रस्तुत् गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP