टर्की र ग्रिसको टापुमा शक्तिशाली भूकम्प

काठमाण्डौ – टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ । 

टर्कीको एइजिन तट र सामाेसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ। 

तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको ज्यान गएको छ। 

भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ । अहिले खोजी तथा उद्धारको काम चलिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP