काठमाण्डौ – धनुषामा भएको बम विस्फोटमा परि ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शनिबार साँँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहाललाई बुबा प्रकाश शर्माले दागबत्ती दिनुभएको थियो ।
उहाँको सम्मानमा नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत प्रहरी अधिकारीले पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ कुचियाही टोलमा गएराति बम विष्फोटन हुँदा गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षक दाहालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सङ्खुवासभामा जन्मिनुभएका दाहाल हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ कृष्णनगरमा बस्दै आउनुभएको थियो ।
विसं २०५५ कात्तिक १ गते नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरी विसं २०६० असोज ९ गते प्रहरी नायब निरीक्षक तथा विसं २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा पदोन्नति हुनुभएको थियो । स्व दाहालका बुबा, आमा, श्रीमती र एक छोरा छन् ।
दाहाल गत साउन ८ गतेदेखि इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया