Trending
समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे राजनीति भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

बझाङमा जडिबुटी संकलन गर्न गएका दुई किशाेर मृत भेटिए

बझाङ – बझाङमा जडिबुटी खाेज्न गएका दुई किशाेर मंगलबार मृत भेटिएका छन् ।

सुर्मा गाँउपालिका वडा नम्बर १ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहराको हिउँमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

मंसिर २५ गते घरबाट सुर्मा गाँउपालिकाको ओखल भन्ने ठाँउमा जडिबुटी संकलन गर्ने भन्दै गएका दुवै जनाको हिउँमा पुरिएर ज्यान गएको हो । लगातार परेको हिमपातका कारण दुवै जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जडिबुटी संकलन गर्न गएका दुवै जना घर नफर्किएपछि खोजी गर्दै जाँदा मंगलबार मृत अवस्थामा फेला परेका सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताउनु भयो ।

प्रहरी चौकी दौलीचौरबाट घटनास्थलमा प्रहरी टोली खटिएर गएको र थप अनुसन्धान हुन बाँकी रहेको डीएसपी बमले बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP