Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

दुई श्रीमती कुवेत, श्रीमान् घर कुरुवा…

सिन्धुपाल्चोक – जुगल गाउँपालिका १ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग विवाह भयो ।

सुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा भने हुन सकेन । उनीहरुमा एक खालको तनावकाे स्थिति सुरु भयाे । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए ।

एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । भीमबहादुरले पनि सहजै स्वीकार्नुभयाे । अन्ततः राममायाले आफ्नै बहिनीसँग श्रीमानकाे बिहे गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु, ‘बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो ।’

तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो । दुवैको केही महिनाको अन्तरालमै गर्भ बसेपछि भीमबहादुर तीन छक पर्नुभयाे । तीन वर्षअघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक/एक छोरा जन्माए ।

‘बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो’, मन्द मुस्कानसहित भीमबहादुरले त्यो क्षण सम्झिनुभयाे । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कुलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमानलाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्षअघि विदेश गएका हुन् । दुवै जना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बन्नुभएकाे छ । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उहाँले सुनाउनुभयो ।

भीमबहादुरका दुइटा श्रीमतीले महिनाकाे १५ हजारदेखि २० हजार रुपैयाँसम्म पठाउने गर्छन् । उहाँले सबै पैसा बैंकमा राख्नुभएकाे छ । ‘त्यसैबाट बैंकमा तीन लाख रुपैयाँ जम्मा भएकाे छ । यसपालि आउँदैछन्, त्यो पैसाले चौतारामा जग्गा किन्ने भनेका छन्’, उहाँले भन्नुभयो ।

भीमबहादुरको मात्रै होइन, यहाँका धेरै महिला वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । श्रीमान घर कुरेर बस्छन् । उहाँका साखै भाइ पेम्बाको पनि मेखामाई र रीतामाई गरी दुई श्रीमती छन् । उनीहरु पनि दिदीबहिनी हुन् । जेठी अहिले विदेशमै छिन् । जेठीकी दुई छोरा भए । कान्छीपट्टिबाट जन्मेको छैन ।

दश वर्षअघि ओमन, त्यसपछि झण्डै दुई वर्ष साउदी अरबमा बिताएर वैदेशिक रोजगारीको अनुभव लिनुभएका उहाँ आजकल काम हुँदा गाउँको ढुङ्गाखानीमा जानुहुन्छ, काम नहुँदा घर कुरुवा भएर बस्नुहुन्छ । बेलाबेलामा उहाँले आफूमा भूकम्पको पीडा छचल्किने गरेको तीतो अनुभव सुनाउनुभयाे ।

उनका लागि कहिल्यै निको नहुने घाउ बनेर आयो विसं २०७२ वैशाख १२ को भूकम्प । भूकम्पमा परेर तीन वर्षका छोरा मायस गुमे । त्यो दिन मेखामाई छोरालाई झोलुङ्गोमा हालेर सुताउने तरखरमा हुनुहुन्थ्याे । एकैचोटी गुटुङ्टुङ भएर हल्लायो । एकैछिनमा घर गर्‍ल्यामगुर्लुम ढल्लो । मायस पुरिए । आमा मेखामाईको पनि टाउकोबाहेक सबै पुरियो ।

गाउँलेले निकै समय लगाएर आमालाई त निकाले । छोरा फेला परेनन् । तीन दिनपछि छोराको शव भेटियो ।

गाउँका धेरै महिला विदेश 

भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुुवेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी विवाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए ।

सानुकान्छी तामाङकी छोरी सुनमाया पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्रभावित परिवारका ६ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानुनमा के छ ?

विगतको मुलुकी ऐनमा श्रीमान वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, नपुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पारपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरमा भने बहुविवाह बदर हुने र बहुविवाह गर्नेलाई कैद सजायको कानुनी व्यवस्था छ । उक्त कसुरअन्तर्गत दफा १७५ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुने र बिहे स्वतः बदर हुने उल्लेख छ ।

उक्त कसुरको दफा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँ जरिबाना तथा विवाह बदर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ । कानुनमा कारबाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने कानुनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र बहुविवाह हुने क्रम रोकिएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP