Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

कृषि मन्त्रालयको दावी : रासायनिक मल अभाव छैन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।

‘धेरै मात्रामा मल उपलब्ध भएर वितरण भईरहेका छन्, खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको छ’, कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले भने । कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको पनि सचिव कार्कीले बताए ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया छिटै ल्याउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ । उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको दावी छ ।

बंगलादेशसंग मल खरिदका लागि ढोका खुल्लै राखेर ओमान र भारतसँग जीटूजीमा मल खरिदका लागि छलफल थालिएको पनि मन्त्रालयले जनाएको छ ।

मल वितरणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउँदै लगिएको र मल वितरण अनलाईनमार्फत ट्रयाकिङ गर्न सफ्टवेयर प्रयोग अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP