Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

ओली सरकारले सुनियोजित रुपमा पक्राउ गर्‍यो, देशैभरि प्रतिवाद हुन्छ : रामचन्द्र पौडेल

पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार पक्राउ परे ।

मंगलबारदेखि गृह जिल्लामा रहेका पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका थिए । तर ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न नपाउँदै विरोधको सामना गर्नुपर्‍यो ।

संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भएपछि स्थानीय प्रशासनले झडप हुने सम्भावना देखिएको भन्दै निषेधाज्ञा नै गर्‍यो । तर निषेधाज्ञालाई खारेज गर्छु भन्दै र्‍यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर साँझ साढे ५ बजे  छाडेको छ ।

प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई प्रहरीले पक्राउ गरेको छ । झडपका क्रममा नेता रामचन्द्र पोखरेल, कांग्रेस तनहुँका सचिव लक्ष्मी आचार्यलगायत केही सामान्य घाइते भएका छन् ।

नेताहरुमाथि भएको धरपकडको विरोधमा तरुण दलका कार्यकर्ताले जिप्रका अगाडि प्रदर्शन पनि गरे ।

प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको बताएका छन् । र, देशैभरि त्यसको प्रतिकार हुने पौडेलले बताएका छन् । प्रस्तुत छ, पौडेलसँग अमृत सुवेदीले गरेको संक्षिप्त कुराकानी :

स्थानीय प्रशासनले विवाद भयो, पुल उद्घाटनमा नजानुस् भन्दाभन्दै किन जानुभएको ?

हामीले नै बनाएको पुल उपभोक्ता समिति थियो । हाम्रै सरकारका पालादेखि बजेट परेको हो । उपभोक्ता समिति र नगरपालिकाले प्रमुख अथितिका रुपमा पुल उद्घाटन गर्न बोलायो । उनीहरुले सर्वसम्मतिमै नै मलाई बोलाएका हुन् ।

तर हामीले काम गरेको केपी ओलीको सरकारलाई मन परेन र तस्करले प्रशासनलाई हातमा लिएर निषेधाज्ञा गर्‍यो । अधिवायवाद, फाँसीजमतिर यो सरकार अगाडि बढ्यो ।

तर, प्रशासनले त कोरोनाको जोखिमका बेला तपाईले संयौं जनामा जुलुस निकालेर निषेधाज्ञा तोड्ने भयो भनेको छ नि ?

कोरोनाको जोखिमबारे हामी जानकार छौं । सामाजिक दुरी कायम गरेर पुल उद्घाटन गर्ने योजनामा थियौं । कोरोनाको जोखिम नहोस् भनेर सबै प्रबन्ध मिलाएका थियौं । सरकारले त्यसमाथि अवरोध गर्‍यो ।

यो ममाथि फासिस्ट आक्रमण भयो । यो फासिस्ट शैलीको प्रतिरोध गर्छौं । अवैधानिक र कानुन विपरीतका आदेश सहेर बस्न सकिँदैन । देशैभरि प्रतिकार हुन्छ । हामीले सरकार अधिनायकवादमा जान्छ भनेका थियौं, त्यतातिर जान थाल्यो । अब यसविरुद्ध लड्छौं ।

विवाद हुँदाहुँदै पुल उद्घाटन गरेर तपाईले जस लिन हतार गर्नुभयो भन्छन् नि ?

केही तस्करहरुको हातबाट बाँधियो यहाँको प्रशासन । मैले हिजो नै सीडीओलाई पुल उद्घाटनमा जाउँ पनि भनेको थिएँ । बेलुकाबाट त तपाईंले पुल उद्घाटन गर्न पाउनुहुन्न भन्न थाले । हिजोदेखि नै पुलिस राखेर जनता तर्साउने काम भयो । राणा शासनको पालाजस्तो पुलिसले जनता तर्साउने काम गर्‍यो ।

जनताले बोलाएपछि जानुपर्‍यो । त्यहाँको उपभोक्ता समितिले आउनुस् भन्यो । म जनताकै काममा गएको थिएँ । हामी राम्रो काम गरेको यो सरकारले देख्न सकेन । प्रहरी लगाएर टियर ग्यास हान्यो । जुन व्यवहार मसँग गर्‍यो, त्यो अधिनायकवाद हो ।

सरकारले सुनियोजित ढंगले नै पक्राउ गर्‍यो भन्ने हो तपाईंको दाबी हो ?

केपी ओली सरकारले सुनियोजित ढंगले नै मलाई पक्राउ गरेको हो । यो सरकार फासिजमतिर जान लागेकै हो । केपी ओली कहिल्यै पनि बहुदलका लागि लडेको मान्छे होइन । बीपीको आन्दोलनलाई पनि ओलीले सहयोग गरेको होइन ।

यो परिवर्तनमा केपी ओलीको कुनै हात छैन । तस्करहरुलाई बोकेर पैसाका बलमा केपी ओली नेतृत्वले बहुमत ल्यायो । अहिले यिनैका इसारामा यो काम भइरहेको छ । यो लोकतन्त्रमाथि प्रहार हो, यसको प्रतिवाद देशैभरि हुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP