राजा आँउ देश बचाउ होइन अब केपी हटाऔँ देश बचाऔँ : पुर्व मन्त्रि शाह

कपिलवस्तु

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकरणी सदस्य तथा पुर्व कृषिमन्त्री अकबाल अहमद शाहले राजा आँउ देश बचाउ होइन अब केपी हटाऔँ देश बचाऔँ भन्नु पर्ने अवस्था सृर्जना भएको बताउनु भएको छ । 

तत्कालिन राजा भन्दा क्रुर शासद सत्ता सञ्चालन गरीरहेका वार्तमान प्रधानमन्त्रीलाई पदबाट हटाए मात्र देशले निकास पाउने पुर्वमन्त्री शाहले बताउनु भयो । कपिलवस्तु चन्द्रौटामा आयोजित जनता समाजवादी पार्टी नेपालको जनप्रदर्शन तथा विरोध सभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रिय सदस्य तथा पुर्व मन्त्री शाहले केपी ओली देशलाई बर्वादी तर्फ धकेली रहेको बताउनु भयो ।

आदीबासी जनजाती, मुस्लीम मधेशीको हक अधिकारलाई कुण्ठित पार्ने केपी ओलीको सत्ता धेरे समय टिक्न नसक्ने चेतवानी समेत दिनुभयो । केपी ओलीको असंवैधनिक तथा अलोक्तान्त्रीक कदम विरुद्ध नेपाली जनता सशक्त प्रतिबाद गरीरहेको शाहले बताउनु भयो ।

जसपा केन्द्रिय कार्यकारणी सदस्य अमृता अग्रहरीले तानाशाही प्रधानमन्त्रीको कदमले देश दलदलमा फसेको बताउनु भयो । देश र जनताको हकअधिकार भन्दा केपी ओली कुर्चि र पदको राजनितिमा लिप्त भएको अग्रहरीले आरोप लगाउनु भयो ।

उक्त कार्यक्रममा जसपाका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले प्रधानमन्त्री केपी ओलीको असंवैधनिक तथा अलोक्तान्त्रीक कदमको विरोध जनाउनुु भयो । प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै प्रदेश अध्यक्ष यादवले जसपा विरोधमा उत्रिएको बताउनु । सोही सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रवीदत्त मिश्रले प्रधानमन्त्री केपी ओली सरकार आफनो कार्यकर्ता पाल्ने काम मात्र गरेको आरोप लगाउनु भयो । केन्द्रिय सदस्य मिश्राले केपी ओलीको खरो आलोचना गर्नुभयो ।

कार्यक्रममा बोल्दै जसपाका प्रदेश सदस्य तथा युुवा नेता रहिश शाहले वार्तमान सरकार आदीबासी थारुहरुको हकअधिकारलाई वेवस्ता गरेको बताउनु भयो । सबैभन्दा बढी मत ल्याएर विजयी भएका रेशमलाल चौधरीलाई जेल जिवन विताउन बध्य गर्नु केपी ओली नेतृत्व सरकारको सबैभन्दा अलोकतान्त्रीक कदम भएको बताउनु भयो । सरकार भ्रष्टचारीहरुको संरक्षण र निर्दोशलाई सजय दिने गरको युवा नेता शाहले बताउनु भयो । कण्डैकाण्डले भरिएको सरकार अब धेरै दिन टिक्न नसक्ने बताउनु भयो ।

उक्त कार्यक्रममा जसपा कपिलवस्तु जिल्ला अध्यक्ष कैलाश अग्रहारीको अध्यक्षतमा भएको थियो । विरोध सभा कार्यक्रममा जसपा शिवराज नगर अध्यक्ष कृष्ण कुुमार चौधरीले स्वागत मनतव्य दिनु भएको थियो । कार्यक्रम सञ्चालन शिवपुजन यादवले गर्नु भएको थियो ।

    Tags:

1174 Shares