Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

भोलिको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीको भरमार

नेकपा (बहुमत) को भोलि उपत्यकामा हुने बृहत् जनप्रदर्शनलाई लिएर नेपाल प्रहरीले चासो देखाएको छ। प्रहरी प्रधान कार्यालयले आवश्यक सुरक्षा प्रवन्ध मिलाउन भन्दै मातहतका कार्यालयहरुलाई निर्देशन पनि दिएको छ। मातहतका विभिन्न १२ वटा कार्यालयलाई एकमुष्ठ पत्र पठाउँदै कार्य एवम् अपराध अनुसन्धान विभागअन्तर्गतको कार्य महाशाखाले त्रुटीरहित भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलद्वारा हस्ताक्षरित पत्रमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी कार्यालय रानीपोखरीले थप श्रोत साधन र जनशक्ति माग गरेबमोजिम आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

पत्रमा प्रहरीको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयलाई महानगरीय प्रहरी परिसरसंग समन्वय गरी नायव निरीक्षकको कमाण्डमा भीड नियन्त्रण पोशाक फुल गियरसहित सय जना थप प्रहरी पठाउन निर्देशन दिइएको छ। त्यसैगरी प्रहरी प्रधान कार्यालयको कार्य एवम् अअवि सवारी महाशाखालाई दुई वटा वाटर क्यानन,दुई वटा दमकल र दुई वटा राइट कन्ट्रोल भेहिकल माइतीघर र रानीपोखरी कार्यालयमा स्ट्याण्डबाई राख्न भनिएको छ। साथै सबै प्रहरीलाई ल्याउन र लैजान सवारी साधनको व्यवस्था मिलाउन पनि निर्देशन गरिएको छ।

विपद व्यवस्थापन महाशाखालाई सवारी साधन र आवश्यक हातहतियारसहित एक सय जना प्रहरी पठाउन निर्देशन गरिएको छ भने जनसम्पर्क तथा प्रचारप्रसार ईकाईलाई दुई दुई जना भिडियो तथा फोटोग्राफी टोली माइतीघरमा स्ट्याण्डबाइ रहने गरी पठाउन भनिएको छ। परिचालन कक्षलाई प्रहरी परिचालनको व्यवस्था मिलाउन तथा परिचालन भए नभएको जानकारी लिन भनिएको छ।

लेखा शाखालाई सवारी साधनमा आवश्यक पर्ने इन्धनको व्यवस्था मिलाउन निर्देशन गरिएको छ। भण्डार शाखालाई आवश्यक पोशाक र हातहतियार उपलब्ध गराउन निर्देशन गरिएको छ। पत्रमा सशस्त्र प्रहरी गण १ लाई महानगरीय प्रहरी परिसरसंग आवश्यक समन्वय गरी सवारी साधनसहित सईको कमाण्डमा ५० जना,प्रहरी विशेष कार्यदल र प्रहरी प्रशिक्षण प्रतिस्ठानलाई ७५-७५ जना प्रहरी खटाउन निर्देशन गरिएको छ।

प्रहरी अस्पताललाई चिकित्सकसहितको एम्बुलेन्स महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा स्ट्याण्डबाई राख्न निर्देशन दिइएको छ। प्रहरी संगीत विद्यालयलाई १०० जना प्रहरी पठाउन भनिएको छ । उल्लेखित सबै कार्यालयहरुलाई बिहान १० बजेभित्र कार्यक्षेत्रमा पुग्न निर्देशन गर्दै महानगरीय प्रहरी परिसरका इन्स्पेक्टर अनिल अधिकाऱीसंग आवश्यक समन्वय गर्न पनि भनिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP