Trending
आर्थिक हवाई टिकटमा १३ प्रतिशत थप करले पर्यटन क्षेत्र निरुत्साहित : अध्यक्ष ढकाल अन्तर्राष्ट्रिय चक्कु प्रहार गरेर अमेरिकामा ४ जनाको हत्या समाज एमडीएमएस खरिदमा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा समाज नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता राजनीति काम गर्न सकिनँ भने अर्को उथलपुथल गर्छु : प्रधानमन्त्री खेल विश्वकपको यात्रा गर्नु खुसीको क्षण : प्रशिक्षक मोन्टी देसाई राजनीति स्वास्थ्य क्षेत्र सुधार्न रास्वपाले मन्त्रीलाई बुझायो सुझाव पत्र स्वास्थ्य बढ्दै छ मानव मस्तिष्कको आकार समाज दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ राजनीति समानीकरण अनुदान बढाउँदै लैजान्छौँ : प्रधानमन्त्री

प्रचण्ड-नेपाल समूहकाे प्रदर्शनकाे प्रभाव : चक्रपथभित्रका धेरै ठाउँमा जाम, भाडाका गाडी चलाउन रोक

काठमाण्डाै – अहिले चक्रपथभित्रका अधिकांश सडकमा गाडी जाम भएकाे छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाण्डाैमा गरेकाे शक्ति प्रदर्शनका कारण गाडी जाम भएकाे हाे । साथै प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कडाइ गरिएको छ ।

विरोध कार्यक्रमलाई लक्षित गर्दै अहिले काठमाण्डाैको चक्रपथभित्र भाडाका गाडी चलाउन दिइएको छैन । काठमाण्डाैका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा शक्ति प्रदर्शन हुने भएकाले ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्थापनमा त्यसैअनुसार तयारी गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाहिरी जिल्लाबाट समेत प्रदर्शनमा सहभागी हुनेहरु आउने भएकाले गाडी आवतजावतमा विशेष ध्यान दिइएको महाशाखाले जनाएको छ । नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले काठमाण्डाैको प्रदर्शनी मार्गकाे एकतर्फी सडकमा कार्यक्रम गर्ने ठाउँ बनाइरहेको छ ।

माइतीघर, डिल्लीबजारको चालखाल, लैनचौर, त्रिपुरेश्वर, शान्तिबाटिका, त्रिचन्द्र क्याम्पस, वाल्मीकि क्याम्पसलगायत ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डपमा शक्ति प्रदर्शनको रुपमा प्रदर्शन हुनेछ । उनीहरुको प्रदर्शनका कारण सडक अवरुद्ध हुने भएकाले गाडीहरुलाई आवश्यकताअनुसार डाइभर्सन गरिने महाशाखाले जनाएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै यसको विरोध भइरहेको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा पनि रिट निवेदन परेको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP