Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

सामान्य ट्राफिक नियम उल्लंघन गरे पनि ५ हजार जरिबाना हुने नियम बन्दै

यातायात व्यवस्था विभागले जस्तोसुकै ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई पाँच हजार जरिबाना गर्ने प्रस्ताव अघि सारेकाे छ ।

विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो व्यवस्था गर्न लागिएको हो । विभागले जरिबाना अन्त्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको जानकारी दिएको छ । हाल,  ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्यूनतम ५ सय देखि १५ सयसम्म जरिबाना गर्दैै आएकोमा अब जुनसुकै कारबाहीमा समान पाँच हजार  रुपैयाँ जरिवाना लाग्ने भएको छ । 

विभागले सात वटै प्रदेशका मन्त्रालय सचिव र विभागीय मन्त्रीहरुसँगको छलफलपछि ऐनको ड्राफ्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने भएको छ ।

त्यस विषयमाथि पुस १३ र १४ गते काठमाण्डौमा छलफल गरिने भएको छ । प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँ बायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिबाना लाग्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP