यातायात व्यवस्था विभागले जस्तोसुकै ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई पाँच हजार जरिबाना गर्ने प्रस्ताव अघि सारेकाे छ ।
विभागले तयार गर्दै गरेको संघीय सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौदामा सो व्यवस्था गर्न लागिएको हो । विभागले जरिबाना अन्त्यन्त कम भएकाले नियम उल्लंघन गर्नेको संख्या बढेको भन्दै शुल्क बढाउन लागिएको जानकारी दिएको छ । हाल, ट्राफिक नियम विपरीत कार्य गरेकालाई न्यूनतम ५ सय देखि १५ सयसम्म जरिबाना गर्दैै आएकोमा अब जुनसुकै कारबाहीमा समान पाँच हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ ।
विभागले सात वटै प्रदेशका मन्त्रालय सचिव र विभागीय मन्त्रीहरुसँगको छलफलपछि ऐनको ड्राफ्टलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने भएको छ ।
त्यस विषयमाथि पुस १३ र १४ गते काठमाण्डौमा छलफल गरिने भएको छ । प्रस्तावित ऐन संसदले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । नियम कार्यान्वयनमा आएको खण्डमा लेनक्रस, ओभर स्पीड, दायाँ बायाँ गरी चलाउनेलगायतका सामान्य कसुरमा पनि पाँच हजार जरिबाना लाग्नेछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया