खाेपकाे पाचाै दिन कृष्णनगरमा डाक्टर चाैधरीले पहिलाे खाेप लगाए

कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कोरोना बिरुद्धको खोप आजबाट लगाउँन सुरु भएको छ । शिवराज अस्पताल बहादुरगंजमा पहिलो कोरोना विरुद्धको खोप डा मुकेश चौधरीले लगाएर सुभारम्भ गर्नु भएको हो । कोभिड १९ कोरोना विरुद्धको खोप पहिलो चरणमा स्वास्थ्य कर्मि ,स्वास्थ्य स्वंय सेविका,सुरक्षाकर्मिहरुलाई खोप लगाउन सुरु भएको मेयर रजत प्रताप शाहले बताउनुभयो ।
खोप लगाइ सकेपछि आफुलाई कुनै खालको लक्षण नदेखिएकोले ढुक्क भएर खोप लगाउन सबैलाई चौधरीले आग्रह गर्नु भयो ।कपिलवस्तुमा ४ ठाउँमा कोरोना विरुद्धको खोप लगाउने व्यवस्था भएको जिल्ला कोरोना फोकल पर्सन उमेश बन्जाडेले बताउनु भयो । जिल्लाको तौलिहवा जिल्ला अस्पताल, पिपरा अस्पताल, शिवराजको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्दौटा र कृष्णनगरमा रहेको शिवराज अस्पतालबाट खोप सेवा प्रदान गरिएको बन्जाडेले बताउनु भयो । जिल्लामा पहिलो चरणमा ४५ सय कोरोना विरुद्धको खोप आए पनि कृष्णनगरमा २५० जनाकाे लागि अाएकाे चाैधरीले बताउनु भयाे  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP