डोजरले फालेको माटोले पुरिएर एक महिलाको ज्यान गयाे

धादिङ –  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका – १, सल्यानटारमा डोजरले फालेको माटोले पुरिएर एक जना महिलाको ज्यान गएको छ ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा माटोले पुरिएर त्रिपुरासुन्दरी गाउँपलिका – १ की ४५ वर्षीया सरस्वती कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

सडक निर्माणकाे लागि डाेजरले माटो फालिरहेको बेला बाटो पार गर्ने क्रममा महिला पुरिनुभएको थियो । घटनापछि शवको पोष्टमार्टमका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा  लगिएको छ ।

    Tags:

1751 Shares