Trending
समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते समाज नेपाल लाइफको आकर्षक केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना राजनीति ओलम्पियन सूर्योदय नगरपालिका आउँदै flash कृष्णनगर ८ दयानगरका आगलागी पिडितलाई जस्तापाता सहित आवास निर्माणका सामग्री प्रदान flash कृष्णनगरमा ४० कृषकलाई सिँचाई मेसिन वितरण अन्तर्राष्ट्रिय चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता अपराध शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ राजनीति सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने

प्याज खान छाडे !

बाँके – अहिले बजारमा प्याजको मूल्य आकासिएकाे छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । अहिले नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो दुई सय रुपैयाँमा काराेबार भइरहेको छ । 

तीन महिनाअघि प्रतिकिलो ४० देखि ५० रुपैयाँमा कारोबार भएको प्याज तीन महिनाको अवधिमा किलोमा एक सय ५०  रुपैयाँ बढेकाे छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा प्रतिकिलाे दुई सय ५० रुपैयाँसम्म कारोबार भइरहेको उपभोक्ता बताउँछन् ।   

नेपालगञ्ज उपमहानगरपालिका १० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताउनुभयो । केही दिनअघि आधा किलो प्याजको एक सय ७० रुपैयाँ तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताउनुभयो । पछिल्लो समय अरू तरकारीको मूल्यमा भने धेरै घटबढ भएको छैन ।   

तर प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी दुई सय रुपैयाँसम्म पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मात्रै होइन २/३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।’ 

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारी बताउँछन् । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्याधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महँगाे मूल्य हो । नेपालगञ्ज उपमहानगरपालिका ११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महँगाे भएको बताउनुहुन्छ । ‘मासु प्रतिकेजी ८ सय रुपैयाँ छ तर प्याज एक नम्बर (पाँच किलो) को ९ सय रुपैयाँ पुग्यो, अब त खानै छाड्नुपर्ला जस्तो छ’, उहाँले भन्नुभयो । 

एक महिनाअघि प्रति पाँच केजी ४ सय ५० रुपैयाँमा खरिद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका १० की गृहिणी सुलोचना अधिकारीले प्याजको मूल्य किलोको २ सय रुपैयाँ पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ता मारमा परेको बताउनुभयो । 

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP