Trending
समाज पत्रकार महासंघको चुनाव फेरि स्थगित, ३ महिनापछि प्रदेश तथा जिल्ला अध्यक्ष भेलाकाे तयारी राजनीति जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु राजनीति संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड (अन्तर्वार्ता) राजनीति संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : कानूनमन्त्री चौरसिया समाज दशैँका लागि आज सुपथ पसल खुला, खसीबोकामा १० रूपैयाँ छुट राजनीति १७ देशका प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित समाज खाद्यमा खुल्‍यो सहुलियत पसल, दाल चामलमा पाँच रूपैयाँ छुट राजनीति राजनीतिक स्थायित्वका लागि संविधान संशोधन : ज्ञवाली flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

कुलुङ जातिकाे ‘चाक्चाकुर’ पर्व सुरु

सोलुखुम्बु – कुलुङ जातिको महान् चाड चाक्चाकुर आजदेखि सुरु भएको छ । यो पर्व कुलुङ समुदायले प्रत्येक वर्षको पुस १५ गते देखि तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।

चाक्चाकुरमा कुलुङहरुको बस्तीमा गाउँभरिका मानिस भेला भएर नाचगान, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै मनाउने गरिएको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर कुलुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार संस्कार संस्कृतिको जगेर्ना गर्दै पर्वलाई निरन्तरता दिँदै आइएकाे छ । कुलुङ समुदायमा यसको महत्व अति विशिष्ट रहेको कुलुङहरु बताउँछन् । कुुलुङ जातिले पुस १५ लाई नयाँ वर्ष, पुस १६ लाई नयाँ अन्न खाने दिन र पुस १७ लाई कुलुङ सङ्घको स्थापनाका रुपमा चिनारी दाचाम्री चाक्चाकुर भनेर मनाइने अध्यक्ष किराँतीको भनाइ छ । 

अध्यक्ष किरातीका अनुसार कुलुङ भाषामा मीनाको अर्थ ‘मान्छे’ र मिनारीको अर्थ ‘मान्छेको पाखुरी’ हुन्छ । दाचाम्को अर्थ ‘भण्डार वा ढुकुटी’ हो भने निङ्दोङले ‘नयाँ वर्ष’ र चाक्चाकुरले ‘चासुम् अर्थात अन्नको सह’ तथा पुस महिनालाई जनाउँछ ।

मानव पाखुरीको बलबाट फलेर भण्डारण गरिएको अन्नको नयाँ वर्षमा सह होस् र नयाँ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नयाँ यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो । 

औपचारिकरुपमा देशभर चाक्चाकुर पर्वलाई मनाउने शुरुआत नेपाल किराँत कुलुङ भाषामा संस्कृति उत्थान सङ्घ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको कुलुङ सङ्घले दावी गर्दै आएको छ । कुलुङ जातिको बसोबास भएका जिल्ला सोलुखुम्बु, भोजपुर, सङ्खुवासभा, इलाम, धनकुटालगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ ।

त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाललगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । 

चाक्चाकुरका अवसरमा महाकुलुङ गाउँपालिकाले तीन दिन स्थानीय बिदा दिएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कुुलुङ जातिको बाहुल्यता रहेको महाकुलुङ गाउँपालिकामा चाक्चाकुरको अवसरमा पुस १५, १६ र १७ गते स्थानीय बिदा दिइएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP