जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

काठमाण्डाै – जापानका प्रधानमन्त्री योशिहिदे सुगा चार दिने अमेरिका भ्रमणका लागि बिहीवार (आज) प्रस्थान गर्नुभएको छ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ ।

प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धरमराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनजीर्वित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रूपमा बाइडेनसँग छलफल गर्नुहुनेछ । जापानी प्रधानमन्त्री सुगाको भ्रमण चीन मामिलामा केन्द्रित रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी वरिष्ठ दुई अधिकारीले गएकाे मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लाग्नुभएको हो । बाइडेन र सुगाको (शुक्रवार) भोलि भेटवार्ता हुनेछ ।

जापानी विदेश नीति इन्स्टिच्युटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्त राज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रूपमा जापानले बुझ्न चाहेको बताउनुभयो ।

चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । भेटमा जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP