Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

द्वन्द्वकालमा बेपत्ता भएका ‘काले’ १७ वर्षपछि घर पुगे

बझाङ – द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रताप सिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४/५ वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यतिबेलाको केही कुरा पनि राम्रोसँग सम्झना छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै  उनलाई पनि आन्दाेलनमा लगेका थिए ।

त्यो २०६०/६१ सालको कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारी सँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुपर्यो त्यो क्षण सम्झिँदा पनि अहिले उनका आँखा रसाउँछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सेसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् । 

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन ।

दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) ४/५ वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् । उनी माओवादीको समूहबाट भागे तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

‘धेरैसँग हार गुहार समेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पुर्याइदिन चाहेनन्, उल्टै आफूहरुले पाल्ने र आफैसँग बस भनेर भन्थे ,’ उनले पुराना दिनहरु सम्झिँदै भने, ‘मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइनँ, एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो ।’

भोकै र चिसो सडकमै सुतेर बिते कैयौँ रात

आफूले नचिनेको ठाउँमा सबै कुरा विराना हुन्छन् ।  कालेलाई पनि कसले चिनेको थियो र ? उनी एक छाक खाना र रातको बास बस्न कहाँ कहाँ भौतारिएनन् ।
कहिले सडक पेटीमा, कहिले बीच जंगलमा जहाँ पायो त्यही सुत्दै उनले कति रातहरु गुजारे । सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । 

बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनी ठ्याक्कै सम्झिदैनन् । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले । कहिले होटेलमा भाँडा माझे, कहिले कसैको भारी बोकिदिए त कहिले गाडीमा सहचालकको काम गरेर उनले जसोतसो एकसरो ज्यानलाई पाल्न थाले ।

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी 

बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । ओठमा हल्का जुँगाको रेखी टल्कियो । कामको अनुभव बढ्दै गयो । ठेकेदारहरुलाई चिन्न थाले । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले ।

कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायासँग भयो । 

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा उनी रोल्पाको दुर्गम गाँउ माडी गाउँपालिकाको वडा नम्बर एक जबाङ गाँउका भएको पत्ता लाग्यो ।

वर्षौसम्म घरबाट बिछोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले शनिबार गाउँपालिकाकै खर्चबाट उनलाई उनको घर सम्म पुर्‍याइदिए । 

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । विभिन्न मिडियामा समाचार प्रकाशन भयो । त्यसपछि त उनको घर समेत पत्ता लाग्यो ।

परिवारमा खुसी 

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको  परिवारमा एकाएक खुशी छायो ।

उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसक्नुभएकाे थियाे । ‘भिडन्तमा परेर छोराको मृत्यु भैसकेको होला भन्ने सोचेका थियौँ,’ उहाँले आँखा रसिलाे पार्दै भन्नुभयाे, ‘हामीले छोराको खोजी त धेरै गरेका थियौ । तर कतै पनि पत्ता नलागेपछि आशा नै मारिसकेका थियौँ । धन्न छोरा जीवितै रहेछ ।’

प्रताप घर्तीलाई उनको घरसम्म पुर्याउन जानुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भन्नुभयो,  ‘हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पुरर्‍यायौँ । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागत समेत गरे ।’

सबैले युद्धकालमा नै मृत्यु भैसकेको भनेर आशा नै मारिसकेका रहेछन् । प्रताप पनि आफ्नो जन्मभूमी पुग्दा भक्कानिएर रोए । 

प्रतापको घर अहिले पनि खरले नै छाएको छ । ‘हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो जनआन्दोलन गरे‘, प्रतापका बुबाले टेलिफोन कुराकानी मार्फत दुखेसो पोख्नुभयो, ‘ परिवर्तन त हुने खानेहरुका लागि मात्रै रहेछ । हामीहरुजस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन ।’ 

प्रतापकी दिदि मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलविर घर्तीले बताउनुभए अनुसार मन कुमारी पनि अहिले जीवितै छिन् । उनी त्यतिबेला भागेर भारतमा गएकी र उतै विवाह गरेको  उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP