काठमाण्डौ – संयुक्त अपरेशनका क्रममा काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना जनही १ हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले जनही १ हजार रुपैयाँमा छाड्न आदेश दिएसँगै उनीहरु छुटेका हुन् । सरकारी वकिलको रायअनुसार चिनियाँ नागरिकले अभद्र व्यवहारसम्बन्धी कसूर स्वीकारेकाले एक हजार रुपैयाँ जरिवाना गराउने आदेश दिइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उज्यालोलाई जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
पहिला साइबर अपराधमा संलग्न भएको भनिए पनि पछि उनीहरूलाई अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । उनीहरुले अध्यागन कानुनको पनि उल्लंघन गरेकाले कारबाहीका लागि अब अध्यागमन विभागमा पढाइने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका निर्देशक निरज शाहीले बताउनुभयो ।
नेपाल प्रहरीले चीनसँग समन्वय गरी यही पुस ७ गते उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको प्रहरीको दाबी थियो । अभद्र व्यवहारसम्बन्धी कसूरमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया