Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

१५ कराेड ५१ लाख राजस्व छली : ६ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डाै – राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाण्डाैकाे अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं समेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ ।उनीहरुविरुद्ध १५ करोड ५१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताउनु भयो । 

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरि १२ करोड ८७ लाख रुपैयाँ बिगो बराबरको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साह सहित दुई जनाले दुई करोड ६४ लाख रुपैयाँ बीगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP