सशस्त्र प्रहरीद्धारा सिमानाकामा स्वास्थ्य सामाग्री वितरण

कपिलवस्तु कोभिड १९ को संक्रमण बढे संगै भारत बाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियान्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री वितरण तथा जनचेतना कार्यक्रम गरेको छ ।
सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधान अफै सिमा क्षेत्रमा खटि भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्नु भयो । प्रधानले सेनेटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिनु भयो । ससस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाटी जनचेतना कार्यक्रम समेत गरेका छन ।

कार्यक्रमलाई सम्बाेधन गर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खाेलिएकाे हुनले काेभिड १९ नियन्त्रण गर्न सजिलाे हुने बताएका छन । कार्यक्रमकाे अध्यक्षता गरेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले काेराेना नियन्त्रकमा कृष्णनगर नगरपलिका हातेमालो गर्दै अघि बढेको बताउनु भयो । नगरपलिकाले सबै वडामा ५,५ वेडकाे अाइसुलेसन छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले बताउनु भयो । कार्यक्रममा युनिसेफ प्रतिनिधि, कृष्णनगर भन्सार कार्यलयका प्रमुख जनार्दन पौडेल ,आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डे, इप्रका कृष्णनगर प्रहरी निरिक्षक  सुखदेव पौडेल ,बीओपी कृष्णनगर  प्रहरी निरिक्षक प्रकाश आचार्य लगायत उपस्थित रहेका थिए ।

सिमानाकाकाे जिम्मा पाएका सशस्त्र प्रहरीले जनताकाे स्वास्थ्य सुरक्षा र काेराेना बाट बच्नकाे लागि भारतसंग सटेकाे लुम्बिनी प्रदेशकाे भैरहवा,कृष्णनगर तथा नेपालगंजकाे जमुनाहा नाकामा मस्क वितरण तथा जनचेतना कार्यक्रम गर्ने याेजना रहेकाे सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएकाे छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP