Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

प्रदेश सरकार लगानीमा १५ करोडको खानेपानी योजना

माधव बेल्वासे
चन्द्रौटा, ७ माघ
प्रदेश न ५ सरकारको १५ करोड लगानीमा कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा खानेपानी योजना निर्माण कार्य शुरु भएको छ । खानेपानी योजना सुचारु भएसँगै अब शिवपुरबासीले स्वच्छ पिउने पानी पाउने आशामा छन् । स्थानीयहरु अहिले खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरी निर्माण कार्यमा जुटेका छन् ।
खानेपानी आयोजनाको सर्वेक्षण कार्य सम्पन्न भएको र डिपीआरको काम अन्तिम चरणमा पुगेको छ ।१५ करोडको लागतमा निर्माण हुन लागेको खानेपानी योजनाले ३ हजार घरधुरीले स्वच्छ पानी पिउन पाउने छन । योजनामा ६० किलोमिटर पाइपलाइन विस्तार गर्ने स्टिमेट गरिएको छ । शिवराज नगरपालिका वडा न १ को शिवपुर गाउँ,उमरी गाउँ,बेलौती,कलौनी,वडा न ३ को वलुहवा,मझगाउँ,काफठुठ्ठा लगाएतका गाउँका नागरिकले खानेपानी पाउनेछन ।
खानेपानी योजना समितिले एक कार्यक्रमको आयोजना गरी प्रदेश सदस्य अर्जुन कुमार के.सी.द्धारा खानेपानी बोरिङको सिलन्यास गरिएको छ । सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य के.सी.ले योजनालाई जिल्लाकै नमूना बनाउन स्थानीय उपभोक्ता जुट्नुपर्नेमा जोड दिनुभयो । धाराको पानी सोझै हातले थापेर पिउन सकिने किसिमको बनाउन सबैले निगरानी बढाउनुपर्ने सुझाव दिनुभयो । सरकारले हरेक नागरिकको जीवनस्तर उकास्ने खालको योजना अघि सारेकाले अबको ५ वर्षभित्र देशको समृद्धिमा ठूलो परिवर्तन देखिने दाबी गर्नुभयो । हरेक नागरिकका लागि रोजगारी सृजनाका लागि आफूले समेत सोही अनुसारको भिजन बनाई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले खानेपानी योजनाले शिवराज १ को विकासमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । शिवपुरका बासिन्दाको हरेक स्थानमा सहभागिता भएपनि विकासमा उपेक्षित हुँदै आएका औल्याउँदै खानेपानी योजनाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रदेशसभा सदस्य के.सी.प्रति आभार प्रकट गर्नुभयो ।
यता वडा नं. १ का वडाध्यक्ष जगतबहादुर जि.सी.ले खानेपानी योजनाले शिवपुरबासीमा उत्साह थपिएको बताउनुभयो । ९५ प्रतिशत रोग पानीकै कारणबाट लाग्ने औल्याउँदै वडाध्यक्ष जि.सी.ले स्वच्छ खानेपानी योजनाले शिवपुरबासीलाई स्वास्थ्य लाभमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सफलताको कामना गर्दै उनले आगामी दिनमा वडाबाट हुनसक्ने हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । उपभोक्ता समिति अध्यक्ष ढुण्डीराज अधिकारीले योजना सफल पार्न सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP