Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

चार महिना काे भाले चौध किलोको

वाग्लुङ-  उमेर चार महिना । भारी जीउ । हाँसको झैँ चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चाहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिन काटिरहेको छ ।

गत असोज ११ गते ‘अर्पणा पोल्ट्री फार्म’मा आएदेखि यसको आयु र तौलको गन्ती सुरु भयो । डेढ महिनाअघि १२ किलो २०० ग्राम रहेको भाले अहिले बढेर १४ किलो पुगेको छ । दैनिक ५० ग्रामका दरले बढिरहेको भालेको तौल १६ किलोसम्म पुग्ने आँकलन कुखुरापालकको छ ।

‘यो भाले परीक्षणका लागि लामो समय पालिएको हो’, फार्मका सञ्चालक विजय शर्माले भन्नुभयो, ‘अब यो धेरै समय यहाँ रहँदैन होला ।’

‘ब्रोइलर’ कुखुराको आयु र तौलबारे अनुभव लिन नबेची राखिएको उहाँको भनाइ छ । उक्त भालेले अहिलेसम्म छ किलोभन्दा बढी दाना खाइसकेको छ । उचित हेरचाहले भाले निरोग छ ।

‘भाले किन्नका लागि धेरैले सोधिरहनुभएको छ, वनभोज जाने या त्यस्तै समूह आए बेच्ने तयारीमा छु’ शर्माले भन्नुभयो । त्यस भालेलाई अहिले बेच्दा बजार मूल्य तीन हजार रुपैयाँ २०० पर्छ ।

बागलुङ नगरपालिका–३ रातामाटास्थित ‘फार्म’मा पुग्ने जो कोही दङ्ग मानेर भाले हेर्छन् । कतिले उचाल्छन् पनि । भालेसँगै हुर्किएका दुई पोथी पनि छन्, जसको तौल आठ किलो पुगेको छ ।नाफा घाटा हेर्दा बुढोहुञ्जेल कुखुरा पाल्नु व्यावसायिक हितमा नभए पनि परीक्षणले नयाँ सिकाइ भएको कुखुरापालक शर्माको भनाइ छ ।

पैँतालीस दिन काटेपछि ‘ब्रोइलर’ कुखुराको तौल दैनिक ५० ग्रामका दरले बढ्ने गर्छ । पैँतालीसदेखि ६० दिनभित्र कुखुरा बेच्नयोग्य हुन्छ । ‘ब्रोइलर’ कुखुराको आयु छदेखि आठ महिनासम्म हुने बताइन्छ ।

शर्मा विसं २०६१ देखि कुखुरापालन व्यवसायमा हुनुहुन्छ । घर व्यवहारदेखि, बालबच्चाको पढाइसम्म सोही व्यवसायबाट धानिएको छ । ‘फार्म’मा अहिले एक हजार कुखुरा छन् । उहाँलाई व्यवसायमा श्रीमती गीताको दरिलो साथ छ ।

‘१६ वर्ष भयो कुखुरापालनमा लागेको, ४५ हजार रुपैयाँबाट सुरु गरेको लगानी अहिले १२ लाख रुपैयाँ बढी पुगेको छ’, गीताले भन्नुभयो । शुरुमा घरकै सानो कोठाबाट शर्मा दम्पतीले कुखुरापालन व्यवसाय सुरु गरेको थियो । उहाँहरुले अहिले आधुनिक खोर बनाएर कुखुरापालन गरिरहनुभएको छ । वर्षमा छ ‘लट’ कुखुरा तयार हुन्छन् ।

एक पटकमा झण्डै  ६० देखि ७० हजार रुपैयाँसम्म मुनाफा निस्कन्छ । बजार मूल्यमा आउने उतारचढावले कहिलेकाहीँ आम्दानी घटबढ हुन्छ । अहिले जिउँदो ‘ब्रोइलर’ कुखुरा प्रतिकिलो २३० रुपैयाँमा बिक्री भइरहेको छ । कुखुरापालनसँगै शर्मा दम्पतीको मासु, किराना र खाजा पसल पनि छ ।

‘फ्रेस हाउस’का लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट गत आवमा  एक लाख ९४ हजार रुपैयाँ अनुदान आएको थियो ।

त्यसमा तीन लाख रुपैयाँ थपेर मापदण्डअनुसारको व्यवस्थित ‘फ्रेस हाउस’ सञ्चालन गरिएको शर्माले बताउनुभयो । व्यवसायमा शर्मा दम्पतीको लगाव र मेहनत देखेर गाउँले पनि छक्क पर्छन् ।

‘विदेशको सपनालाई सधैँका लागि त्यागेर गाउँघरमै बसी केही गर्ने सोचका साथ अघि बढेको छु’, शर्माले भन्नुभयो, ‘परिवार र छिमेकीको पनि राम्रो साथ छ ।’ शर्मा यसअघि रोजगारीका क्रममा तीन वर्ष अरबमा बिताएर फर्कनुभएको हो । ‘अब त मैले पनि विदेश जान दिन्न, यहीँ सुखदुःख गरेर बस्ने हो’, शर्माकी श्रीमती गीताले भन्नुभयो, ‘ठूलो देश जाने चक्करमा न काम भयो, उल्टै दलालले पैसा खाए ।’

वर्षौंदेखि काम गरे पनि कुखुरापालनमा अहिलेसम्म कुनै सरकारी अनुदान नपाएको शर्मा दम्पतीको गुनासो छ । कुखुरापालकका लागि अनुदानभन्दा अनुभव आदानप्रदान र तालीम बढी महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP