Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

थप दुई नेपाली र एक अमेरिकी नागरिकमा कोरोना संक्रमणको आशंका

काठमाण्डाै – चीनबाट फर्किएका थप दुई नेपाली र एक अमेरिकी नागरिकलाई कोरोना संक्रमणको आशंका गरिएको छ ।

याेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरी उपचार गर्नेको संख्या ५ पुगेको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार प्रक्रिया सुरु गरिएको छ ।

चीनबाट फर्किएका एक महिला र पुरुष तथा अमेरिकी नागरिकमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको र उपचार थालिएको अस्पतला स्रोतले जनाएको छ । सरुवा रोग अस्पताल टेकुमा उपचार कक्षको स्थापना समेत गरिएको छ ।

चीनबाट फर्केका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । ती युवामा संक्रमणको पुष्टिसँगै अरु दुई जनामा पनि आशंका गरिएको थियो । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गरी सरकारले सर्तकता बढाएको जनाएको छ ।

कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । सुरुमा स्वाइन फ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिने लक्षण देखिन सक्ने डाक्टर बासुदेव पाण्डेले बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फैलनसक्ने संक्रमणतर्फ सतर्क रहेको जनाएको छ । नेपालमा एक जनामा मात्र संक्रमण पुष्टि भएको र आवश्यक सर्तकता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीन तथा अरु देशबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको पनि उहाँले बताउनुभएको छ ।

संक्रमण आशंका भए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुरसहित अरु अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालयले तयारी गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

याे पनि पढ्नुहाेस्

कोरोना भाइरसकाे संक्रमण बढ्ने भन्दै नयाँ वर्षमा ठूला कार्यक्रम नगर्न नागरिकहरुलाई चीनको आग्रह

काेराेना भाइरस: ज्यान गुमाउने २५ पुगे, आपतकाल घोषणा गर्ने बेला भइसकेको छैन– विश्व स्वास्थ्य सङ्गठन

कोरोना भाइरस नेपाल आइपुगेको छैन : सरकार

चीनमा कोरोना भाइरसबाट ४ सय ४० संक्रमित

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP