Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

काेराेना भाइरस : ‘सङ्क्रमित भएकामध्ये ६० जना उपचारपछि डिस्चार्ज भए’

काठमाण्डाै – कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये केही व्यक्ति उपचारपछि पूर्ण रुपमा निको भएकाे चीन सरकारले जनाएको छ । ६० जना उपचारपछि डिस्चार्ज भएकाे चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोनाको लक्षण देखिएको सुरुवाती चरणमै उपचार पाएका व्यक्ति एक हप्तामै निको भएकाे जनाएको हो । सुरुमा ज्वरो आउनु, पछि सुख्खा खोकी लाग्नु र बिस्तारै श्वास फेर्न गाह्रो हुनु कोरोना भाइरसको लक्षण हो ।

यसैबीच कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एकैदिनमा झण्डै दोब्बरले बढेको पनि चिनियाँ अधिकारीहरुले बताएका छन् । गएकाे आइतबार दुई हजार आठ सय ३५ जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा साेमबार झण्डै दोब्बरले बढेर चार हजार पाँच सय १५ जनामा कोरोना भएको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चीन सरकारले केही शहरमा मास्क लगाउन अनिवार्य गरेको छ । यसैगरी चीनको अध्यागमन विभागले आफ्ना नागरिकलाई सकेसम्म सीमा पार नगर्न पनि आग्रह गरेको छ ।

चीनमा नयाँ शैक्षिक सत्र पनि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरिएको छ । यस्तै हुबेईबाट बेइजिङ र शङ्घाई शहर पुगेका नागरिकलाई १४ दिनको निगरानीमा पनि राख्न थालिएको छ । हुबेईको वुहान शहरबाट हुने सबै प्रकारको यातायात सेवा बन्द हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।

काेराेना भाइरसकाे प्रकाेप बढेपछि फिलिपिन्सले पनि चिनियाँ यात्रुलाई भिसा दिन रोक्ने निर्णय गरेको छ भने अमेरिकासहित केही देशले महत्वपूर्ण काम बाहेक चीन नजान आफ्ना नागरिकलाई सचेत गरेका छन् ।

आफ्नो देशका केही नागरिकमा पनि कोरोनाको सङ्क्रमण देखिएपछि अमेरिकालगायत देशले महत्वपूर्ण काम बाहेक चीन भ्रमणमा नजान अपिल गरेको अन्तर्राष्ट्रियस सञ्चारमाध्यमले जनाएका छन् । ती देशले चीनको वुहानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजाने तयारी पनि गरिरहेका छन् ।

अहिलेसम्म कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ६ जना पुगेको छ भने झण्डै सय जना हुबेईका रहेका छन् । चीन बाहिर अहिलेसम्म ४७ जनामा कोरोना भाइरस भएको विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरेको छ ।

अहिलेसम्म थाइल्याण्डमा आठ, अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर र ताइवानमा पाँच–पाँच, मलेसिया, दक्षिण कोरिमा र जापानमा चार–चार, फ्रान्समा तीन, भियतनाममा दुई तथा नेपाल, क्यानाडा, कम्बोडिया, श्रीलङ्का र जर्मनीमा एक–एक जनामा कोरोना भाइरस भएकाे पुष्टि भएको हो ।

तर अहिलेसम्म चीन बाहेक अरु देशमा कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP