Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

‘रुघाखाेकी लाग्ने बित्तिकै आत्तिएर अस्पताल पुग्नु पर्दैन, याे माैसमी रुघाखाेकी लाग्ने समय पनि हाे’

काठमाण्डाै – रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरसको शङ्का नगर्न सरकारले आग्रह गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलाले अहिले मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले रुघाखोकी लाग्ने बित्तिकै कोरोना भाइरसको शङ्का नगर्न आग्रह गर्नुभयो ।

चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण देखिएकाले वुहानबाट आएका नागरिकमा कोरोना भाइरसको जोखिम हुने भए पनि अहिलेसम्म नेपाल आएका एक जनामा मात्र कोरोना पुष्टि भएकाले आत्तिनुपर्ने अवस्था नभएको उहाँले बताउनु भयाे ।

भाइरस पुष्टि भएका व्यक्ति र उनको परिवार अहिले सुरक्षित रहेकाले नेपालमा फैलने सम्भावना नरहेको पनि उहाँले दाबी गर्नुभयो । सुरुमा रुघाखोकी लाग्नु, उच्च ज्वरो आउनु र बिस्तारै श्वासप्रश्वासमा समस्या आउनु कोरोनाको लक्षण भएकाले मौसमी रुघाखोकी लागेका बिरामी आत्तिएर अस्पताल पुग्ने गरेको टेकु अस्पतालले जनाएको छ ।

कोरोनाको परीक्षण गराउनुअघि मौसमी रुघाखोकीकै जाँच गराउन पनि डाक्टर बास्तोलाको सुझाव छ । रुघाखोकीबाट बच्न बाहिर गएर आएपछि राम्ररी साबुनपानीले हात धुने, हाच्छ्युँ गर्दा रुमाल वा कपडाले मुख छाेप्नु, तातो झोलिलो खानेकुरा खान सकिने पनि डाक्टरले बताएका छन् ।

यसैबीच सरकारले अब कोरोनाकोे उद्गमस्थल वुहानबाट आएका नागरिकको मात्रै कोरोना भाइरस परीक्षण गर्ने निर्णय गरेको छ । मौसमी फ्लुको समय भए पनि जो कोही परीक्षणको लागि अस्पताल पुगेपछि सरकारले वुहानबाट आएका नागरिक, उनका परिवार र उपचारमा संलग्न डाक्टरमा लक्षण देखिए उनीहरुकाे मात्रै परीक्षण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP