Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

महोत्सव स्थल कि डम्पिङ्ग साइट ।। हप्तौ वित्दा पनि मेला स्थलको फोहोर उठेन ।।

विसाल के.सी. चन्द्रौटा

कपिलवस्तुको शिवराज नगरपालिकामा गत पौष १४ देखि २८ सम्म संचालन भएको छैठौं चन्द्रौटा महोत्सव स्थाल अहिले दुर्गन्धित र फोहोर भएको छ । केहि साता अगाडी निकै तामझाम भएको क्षेत्र अहिले डम्पिङ्ग साइट जस्तै भएको छ । चन्दौटा महोत्सव सकिएको १८ दिन विति सक्दा समेत महोत्सव स्थलको फोहोर उठेको छैन । महोत्सव सकिए लगैत सोहि स्थानमा थारुहरुको माघि पर्व विशेषमा थारु कल्याणकारी सभा शिवराज नगर समितिले ३ दिने माघि खिचडी महोत्सव संचालन गरेको थियो । मेला महोत्सवका लागी खाली मैदान प्रयोग गर्ने तर सरसफाई तर्फ भने दुबै मेला आयोजकले चासो नदिदाँ मेला स्थाल डम्पिङ्ग साइट बनेको छ । महोत्सव स्थल प्रवेश गरेदेखि नै नाम छोप्नु पर्छ । चौरमा जथाभावी फालिएका प्लास्टिक कप र मदिराका बोतलहरु खुट्टा ठोकिन आउँछ । अस्तव्यस्त रुपमा फ्याकिएका खानेकुराको कुहिएको दुर्गन्ध नजिकैको बस्ति सम्म पुगेको छ । मेलामा शौचालय राखिएको ठाँउ त पुरै डम्पिङ्ग साइट नै बनेको छ त्यता त झन जानै सकिदैन । “कस्ले हो यो फोहोर उठाउने अझै कति दिन सम्म यस्तो फोहोर दुर्गन्ध आउने हो ” स्थानियले भने । यतिका दिन भयो दिन वित्यो तर फोहोर उठाउने र यसको व्यवस्थापन गर्ने तर्फ भने कसैको ध्यान गएको छैन । दुर्गन्धले महामारी फैलिने सम्मको डर भइ सक्यो तर फोहोर उठाउने तर्फ कसैले ध्यान दिएनन । छैंठौं चन्द्रौटा महोत्सव आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले भने व्यस्तताका कारण समयमा नै फोहोर व्यवस्थापन गर्न नसकेको जनाएको छ । समयमा नै फोहोर व्यवस्थापन गर्नु पर्ने हो , हाम्रो व्यस्तताले गर्दा सकेनौ यसको कारणले जनतामा पर्ने गएको नराम्रो प्रभाव प्रति आयोजकले आफ्नो गम्भिर ध्यान गएको जनाएछ । हामी शनिबार महोत्सव स्थलको फोहोर व्यवस्थापन गर्ने छौं संघका अध्यक्ष जमशेर अलि मियाँले बताए । यता माघि महोत्सवका संयोजक इनर चौधरीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोवाइल अफ आएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP