बाख्राकाे गाेठमा हथियार बरामद

कपिलवस्तु

बाख्राकाे गाेठबाट प्रहरीले हथियार बरामद गरेकाे छ ।

जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नं. ८ लोहरौला बस्ने अस्लम मुसलमानको घरबाट दिउँसो ४ बजेको समयमा १ कि.मी.उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई राखेको हातहरियार प्रहरीले बरामद गरेको छ ।

गोप्य सुचनाकाे अधारमा ईप्रका गणेशपुरबाट प्रनि रण बहादुर विष्टको कमाण्डमा खटिईएको टोली र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट प्रनानि गगन शाहीको कमाण्डमा खटिएको संयुक्त टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हाथहथियारमा १२ बोर बन्दुक २ थान, सर्टगनमा लाग्ने लाईभ कार्टिज (जंगी राउण्ड) ५ थान, सर्टगनको पड्किएको खोका ११ थान, अं.३०० ग्राम बारुद जस्तो देखीने कालो धुलो पदार्थ, ५७ वटा छर्रा र ३ वटा जनावरलाई पासो लगाउने जाल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

अस्लम मुसलमानको खोत तलास तथा हाथहथियार बारे अनुसन्धान प्रकृया अगाडि बढी रहेकाे कपिलवस्तु प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP