कपिलवस्तुको कृष्णनगरमा अजिङ्गर फेला

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आइतवार लोपउन्मुख प्रजातिको वन्यजन्तु अजिङ्गर फेला परेको प्रहरीले जनाएको छ । नगरपालिकाको वडा नं. ११ झिँगहा चौराहाको नजिकै केराबारीमा स्थानीयले अजिङ्गर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रण बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएका हुन् । उक्त अजिङ्गर करिब चार फिट लामो रहेको असई शम्भु धितालले जानकारी दिनुभएको छ ।

अजिङ्गरलाई सब–डिभिजन बन कार्यालय ठाकुरापुरमा बुझाएको धितालले बताउनुभयो । आजै ठाकुरापुरका सहायक बन अधिकृत दिनेश जयसवाललले अजिङ्गरलाई गंगासागर सामुदायिक बन डालपुरमा लगेर छाडिएको बताउनुभएको छ ।

    Tags:

1987 Shares