Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

अयोध्याधाम नयाँ धार्मिक गन्तव्य

चितवन, असार ८ । चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरीमा पर्ने चर्चा गरेपछि यो क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ ।

अयोध्याधाम निर्माण प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले माडीमा अयोध्याधाम निर्माण गुरुयोजनाअन्तर्गत यो क्षेत्रको विकासका लागि प्रदेश र सङ्घीय सरकारले बजेट नै विनियोजन गरेपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा फड्को मार्ने देखिएको जानकारी दिए ।

“ऋषि वाल्मीकिको आश्रम रहेको वाल्मीकि आश्रम, पाँच पाण्डवले गुप्तवास बसेको गोद्धक, पाँच पाण्डव तालसमेतलाई समेटी अयोध्याधाम निर्माण गर्ने गरी योजना अघि बढेको छ”, संयोजक दवाडीले भने। अयोध्याधामसँगै माडीमा रहेको ऐतिहासिक सोमेश्वर गढी क्षेत्र माडीको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सहयोगी भएको उहाँले बताउनुभयो ।

उनले थपे, “अब गुरुयोजनाअनुसार नै अयोध्याधामलाई पर्यटकीय क्षेत्र बनाउने कार्य सुरु हुन्छ ।” माडीमा अयोध्याधाम निर्माणका लागि डेकोर स्टुडियो प्रालिले गत वर्ष नै गुरुयोजना तयार गरिसकेको छ । योजनाअनुसार अयोध्याधाममा काम गर्न दुई अर्ब ५० करोडदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने अनुमान छ ।

अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सहरका रूपमा विकास गर्ने गुरुयोजनामा उल्लेख छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७८÷७९ मा माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण, संरक्षण र भौतिक निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP