Trending
राजनीति मानव-वन्यजन्तु द्वन्द्व रोक्ने कार्यक्रम ल्याउनुपर्‍यो : कृषिमन्त्री अधिकारी समाज विनयी खोलाको पुल भाँचिएको घटनाका दोषीलाई कारबाही गर्न ट्रक व्यवसायीको माग राजनीति नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न राजनीति फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल समाज बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने समाज देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा राजनीति रविको मुद्दामा सुरु भयो थुनछेक बहस राजनीति कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री अन्तर्राष्ट्रिय भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु

वार्षिक २५ करोडको सुन्तला बेच्दै पर्वत र बागलुङका किसान

पर्वत ।

अन्य अन्नबालीले भन्दा सुन्तलाले राम्रो आम्दानी हुन थालेपछि किसानहरू सुन्तला खेतीतर्फ आकर्षित भएका छन् ।

पर्वत र बागलुङमा सुन्तला खेती बिस्तार हुन थालेको छ । किसानहरू अन्य खेती छोडेर सुन्तला खेतितर्फ लागेका छन् । सुन्तला खेतीबाटै बागलुङ र पर्वतका किसानले लाखौं आम्दानी गरिरहेका छन् ।

उमेर ६१, तर जाँगर युवाको भन्दा कम छैन । २०४९ सालमा सात वटा बोट रोपेर सुन्तला खेती गर्न थाल्नुभएका बागलुङको जैमिनी नगरपालिका ४ सर्कुवाका खगेश्वर सुवेदी अहिले पूर्ण रुपमा व्यवसायिक बन्नुभएको छ ।

सुवेदीले भन्नुभयो, ‘१३/१४ रोपनी क्षेत्रफलमा सुन्तला खेती छ । त्यसमाचाहिँ पोहोर, त्यस्तै दुई/ढाइ लाखको बेचेको हुँ । भविष्यमा १२/१५ लाख, २० लाखसम्म बेच्न सकिन्छ जस्तो लागेको छ । ’

सुवेदीले अगाडि भन्नुभयो,‘बिरुवाहरू हुर्कदैंछन् । तीनसय बिरुवा हुर्कदैंछन्, यतिबेला फलेकाचाहिँ तीनसय ५० बिरुवा होलान् ।’

बोटबाट सुन्तला टिप्दै किसान । तस्बिर : रोशन तिवारी ।

बुढापाका मात्रै हैन, विदेश गएर फर्किएका र जाने तयारीमा रहेका युवा पनि सुन्तला खेतीमा रमाउन थालेका छन् । मोदी २ देउपूरका गंगाकुमारी शर्माले सुन्तला खेती गर्न थालेपछि विदेशमा भएका श्रीमान पनि गाउँ फर्किनुभयो ।

शर्माले भन्नुभयो, ‘खाडीमा घाम खाएर बस्नुभन्दा यही खेती गरौं भनेर बोलाएको हुँ । दुईसय ५० बोट सुन्तला लगाएका छौं, दुईसय बोट फल्ने क्रममा छ ।’

गल्कोट नगरपालिका १ वागलुङका नेत्रबहादुर बुढाथोकीले पनि खेतबारीमा अन्नबाली लगाउन छोडेर सुन्तला रोप्नुभएको छ । बुढाथोकी, ६ मुरी अन्न नफल्ने बारीबाट १६ लाखको सुन्तला बेचेपछि दङ्ग हुनुहुन्छ । उहाँले गल्कोटमा चिस्यान केन्द्र भए किसानलाई झनै राम्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जति जग्गा छ, त्यो सबैमा सुन्तला लगाएको छु । कोल्डस्टोर भयो भने, सुन्तला जुन सिजनमा फल्छ त्यो सिजनमा टिपेर राखेर अपसिजनमा बेच्दा धेरै मुल्य लिन सकिन्छ ।’

महाशिला गाउँपालिका ५ ढाँडखर्कका टेकबहादुर गुरुङले २०५४ सालदेखि सुन्तला खेती गर्नुभएको छ । भारतीय सेनाबाट अवकाश भएपछि सुन्तला खेती गर्नुभएका गुरुङ गाउँका अरुलाई पनि सुन्तला खेती गर्न प्रेरित गर्नुहुन्छ ।

पर्वत र बागलुङबाट वर्षेनी २५ करोडको सुन्तला विक्री हुने गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP