Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

न पर्याप्त रोजगारी, न त भनेजस्तो पारिश्रमिक बिरामी र डाक्टरहरूको व्यवहारले खुशी छैनन् नर्स

काठमाडौं ।

जनकपुरका शुलोचना चौधरी, नर्सिङको स्नातक तह अध्ययन सकेर अहिले घरमै बसिरहनु भएको छ । ५ वर्षअघि नै पढाई पूरा गरेपनि सन्तोषजनक पारिश्रमिक नपाएर बेरोजगार बन्नु परेको चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘पढेर पनि काम छैन । पढाई अनुसारको काम र पारिश्रमिक नहुँदा घरमै बस्नुपरेको छ ।’ शुलोचना थप्नुहुन्छ, ‘पढाई अनुसारको काम पाए पनि पारिश्रमिक हुँदैन । त्यसकारण कि त, विदेश जाने हो । होइन भने घरेलु कामकाजमा व्यस्त हुने हो । यहि हो नर्सको आजको अवस्था ।’

भक्तपुरका अनुस्का चौलागाईं अहिले नर्सिङ पढिरहनुभएको छ । तर, नेपालमा बसेर नर्सिङ क्षेत्रमा काम गर्न गाह्रो होला कि भन्ने चिन्ताले उहाँलाई पनि सताउन थालेको छ ।

नेपालमा रहेका झन्डै ७ हजार स्वास्थ्य संस्थामा बिरामीको अनुपात अनुसार नर्सहरू छैनन् ।

अनुस्काका अनुसार नेपालमा नर्सलाई बिरामी र समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन । जसले गर्दा काम गर्न अप्ठ्यारो हुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘१० देखि १५ लाख खर्च गरेर घरपरिवारलाई छोडेर नर्स पढिन्छ । तर, काम गर्ने बेलामा आफूभन्दा सिनियरले गर्ने व्यवहार र बिरामीले नर्सलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन ।’

नेपालमा रहेका झन्डै ७ हजार स्वास्थ्य संस्थामा बिरामीको अनुपात अनुसार नर्सहरू छैनन् । नेपाल नर्सिङ परिषद्का अनुसार रोजगारी खोज्दै विदेशिने नर्सको सङ्ख्या पछिल्ला वर्षहरुमा बढिरहेको छ ।

परिषद्का अनुसार वर्षमा ३ सयदेखि ५ सयजना नर्सले विदेश जानका लागि सिफारिस लिन्छन् । तर, ती सबै विदेश जान्छन् कि जाँदैनन् त्यसको तथ्याङ्क परिषद्मा हुँदैन ।

नेपाल नर्सिङ परिषद्का अनुसार रोजगारी खोज्दै विदेशिने नर्सको सङ्ख्या पछिल्ला वर्षहरुमा बढिरहेको छ ।

नेपालमा अध्ययन पूरा गरेका ८५ हजार भन्दा धेरै नर्स छन् । उनीहरूमध्ये ५० हजारको हाराहारीमा बेरोजगार रहेका नेपाल नर्सिङ परिषद्को भनाइ छ ।

हरेक वर्ष थप ६ हजार नर्स अध्ययन पूरा गरि रोजगारीको खोजिमा हुन्छन् । अध्ययन पूरा गरेका नर्समध्ये ७० प्रतिशतले काम पाउँदैनन् भने काम पाएकाहरू पनि उचित पारिश्रमिक नपाएका कारण सन्तुष्ट छैनन् ।

परिषद्कै तथ्याङ्कलाई हेर्ने हो भने औषतमा वर्षेनी २ सय नर्स विदेश पलायन भइरहेका छन् । अध्ययन र कामको लागि भन्दै नर्सहरू विदेशिने क्रम बढ्दा र सरकारले नर्सका लागि लामो समयदेखि दरबन्दी मिलान नगर्दा नेपालका स्वास्थ्य संस्थामा नर्सहरू पर्याप्त छैनन् ।

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख रोशनी टुईटुईले नर्सहरूलाई विदेश जानबाट रोक्नका लागि स्वास्थ्य संस्था र बिरामी अनुसारको नर्सको दरबन्दीको विषयमा अध्ययन भइरहेको बताउनुभयो ।

उहाँले मन्त्रालयले अहिले स्वास्थ्य संस्थामा बिरामी अनुपातको नर्सको आवश्यकताका विषयमा अध्ययन भइरहेको र त्यो अध्ययनपछि नर्सको सबै तहका लागि लोकसेवा खुलाइने तयारी भइरहेको जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ८ जना बिरामीका लागि एकजना नर्स हुनुपर्छ । तर, नेपालको सन्दर्भमा एक जना नर्सले ५० देखि ८० जना बिरामीको सेवा गर्नु परिरहेको छ ।

उहाँले भन्नुभयो, ‘सरकारको यो अध्ययनपछि नेपालमा रहेका झन्डै ३० हजार नर्स खपत हुनेछन् ।’

महाशाखा प्रमुख टुईटुईले नेपाल सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अहिले केहि प्रदेशमा मात्रै सञ्चालन गरेको भन्दै सातै प्रदेशमा यो कार्यक्रम सञ्चालन भएपछि नेपालमा रहेका थप ३० हजार नर्सले रोजगारी पाउने र उनीहरूलाई नेपालमै राख्न सजिलो हुने उल्लेख गर्नुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक ८ जना बिरामीका लागि एकजना नर्स हुनुपर्छ । तर, नेपालको सन्दर्भमा एक जना नर्सले ५० देखि ८० जना बिरामीको सेवा गर्नु परिरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP